2026 May 19/ 08:55: 41pm

बनेपा/बनेपा नगरपालिकाको निमन्त्रणमा मित्र राष्ट थाईल्याण्ड नेपाल स्थित राजदुत महामहिम Vositf Vorasaph बनेपा नगरपालिका आउनु भएको छ । 
राजदुत
Vositf Vorasaph लाई नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले स्वागत गर्नु भएको थियो । राजदुत Vositf Vorasaph ले बनेपा नगरपालिकाको ध्यानकुटी बिहार, बौद्ध बृद्धाश्रम, बौद्ध स्तुपा, चैत्यहरुको अबलोकन गर्नु भएको थियो । बनेपा नगरपालिका र थाईल्याण्डको २५ वर्ष अघिको सम्बन्धलाई निरन्तरता दिनलाई उक्त भ्रमण गरिएको राजदुतले बताउनु भयो । बनेपा खुल्ला र अत्यन्तै सुन्दर धार्मिक र साँस्कृतिक रुपमा भरिपुर्ण र भ्रमणका लागी अत्यन्तै उपयुक्त भएको राजदुतले बताउनु भयो । नगरपालिकाको निमत्रणलाई स्वीकार गरी र पुरानो सम्बन्धलाई निरन्तरता दिन आफु आएको बताउनु भयो । नगर प्रमुख शान्ति रत्न शाक्यले थाईल्याण्ड धेरै विकसित राष्ट्र भएकाले हामिले त्यहाँ भएको प्रविधिलाई बनेपामा सदुपयोग गर्न सकिने बताउनु भयो । त्यहाँको बजार ब्यबस्थापन, रात्रिकालिन ब्यबसाय साहै ब्यबस्थापन, प्रविधिको प्रयोग भएकाले बनेपा नगरपालिकाले धेरै प्रविधि प्रयोग गर्ने अबसर प्राप्त भएको बताउनु भयो । 
२५ वर्ष अघि बनेपा नगरपालिकालाई शिक्षा क्षेत्रमा सहयोग गरि सम्बनध अगाडी बढाएको थियो । पुन अहिले उक्त सम्बन्धलाई निरन्तरता दिई विकास निमार्णमा सहजिकरण हुने बताउनु भयो । बनेपा नगरपालिकाको बृत्तचित्र र वडा नम्बर ९ को मगरगाँउमा बन्न लागेको बृद्धको मुर्तिको डिपिआरका बारेमा जानकारी गराईएको थियो । कार्यक्रक्रममा स्वागत मन्तब्य उप प्रमुख विमला सापकोटा दाहाले गर्नु भएको थियो भने धन्यबाद ज्ञापन प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन प्रशासकिय अधिकृत धुर्वराज नेपालले गर्नु भएको थियो । स्वागत कार्यक्रममा  वडा अध्यक्षहरु, कार्यापालिका सदस्य, विभिन्न संघ सस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।