2026 May 19/ 06:19: 45pm

धुलिखेल/नेपाल निजामती कर्मचारी संगठन काभ्रेपलाञ्चोकको आयोजनामा  मनोज (झपेन्द्र)सुरेन्द्र स्मृति दिवस सन्दर्भमा आयोजित विगतको अवस्था र आगामी योजना विषयक पुर्व अध्यक्षहरुसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ । 
संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथी कोईरालाले स्व. सुरेन्द्र स्मृतिको सन्र्दभमा केन्द्र लगाएत सबै जिल्लामा विभिन्न कार्यक्रमहरु गरी मनाएको बताउनु भयो । उहाँले गरेको संगठन प्रतिको कार्य र बाकि गर्नु पर्ने कामहरु सम्पन्न गर्नु पर्ने बताउनु भयो । कर्मचारीहरुहको हकहितमा लाग्ने सगंठन भएकाले उहाँले देखेका सपनाहरु पुरा गर्नु पर्ने कोईरालाले बताउनु भयो । 
कार्यक्रममा केन्द्रिय  उप–महासचिव विजया सुवेदी, केन्द्रीय लेखा आयोग सदस्य गोकर्ण कोईराला, पूर्व केन्द्रीय सदस्य जनक, पूर्व अध्यक्षहरु विन्द्रलाल खोजु श्रेष्ठ, दण्डपाणी अधिकारी, डिल्ली भट्टराई, सरोज थापा, नानीबाबु सिपखान, होमनाथ गौतम, हरिचन्द्र लामिछाने, सन्दीप केसी, तारानाथ बन्जारा, जिल्ला कार्यसमितिका पदादिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष गायत्रीरमण घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो ।