2026 May 19/ 05:13: 38pm

काभ्रे/सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका विभिन्न होटल रिसोर्टका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एण्ड होटलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने जनाएको छ । सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटलका रिसोर्टका प्रमुखले हस्ताक्षर गरेका छन् । यस अघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टका विच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता सम्पन्न भई सकेको छ ।
सेञ्चुरी बैंकले काभ्रे जिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ । बैङकले  आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको  कुल शाखा १४५ पुगेको छ भने  १० वटा एक्सटेन्सन काउन्टर  २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।