2024 December 07/ 10:11: 26am

कोरोना गोलो आकारको विषाणुमा पर्दछ । कोरोना विषाणुको बाहिरी आवरणमा काडा जस्ता भागहरु हुन्छन जसलाई स्पाइक भनिन्छ । ति स्पाइकहरु क्राउन अर्थात ताज आकारका हुन्छन । त्यसैले यो विषाणुलाई क्राउनको नामबाट कोरोना भनि नामकरण गरिएको छ । २००४–२००५ तिर यस्तै प्रकृति भएको बिषाणु SARS अर्थात Severe Acute Respiratory Syndrome देखिएको थियो । छोटकरीमा SARS-CoV नामाकरण दिइएको यस बिषाणुले चीन, थाइल्यान्ड, सिंगापुर, क्यानडा आदि २६ वटा राष्ट्रका ८ हजार मानिसहरुको ज्यान लिएको थियो । 
सन् २०१२ साउदी अरबमा देखा परेको ः
Middle East Respiratory Syndrome (MERS-CoV) बाट अल्जेरिया, अष्ट्रिया, बहराइन, चीन, इजिप्ट, फ्रान्स, जर्मनी, ग्रीस, इरान, इटाली, अमेरिका लगाएत विश्वको २७ राष्ट्रहरुका २५१९ व्यक्ति संक्रमित भएकामा ८६६ जनाले ज्यान गुमाएका थिए ।
अहिले देखिएको
COVID-19 चीनको वुहानबाट सुरु भएको थियो । CO  भन्नाले कोरोना, VI  भन्नाले भाइरस र D  भन्नाले डिजिज (रोग) भन्ने बुझिन्छ । हाल विश्व स्वास्थ्य संगठनले COVID-19 लाई SARS-CoV2 को नाम दिइएको छ र यसलाई २००३ मा सार्स रोग लेराउने विषाणुको दोस्रो पुस्ता मानिएको छ ।
अहिले
COVID-19 बिषाणुको विश्वको २०१ देशहरुमा संक्रमण फैलिरहेको छ । सबैभन्दा बढी संक्रमितको संख्या हुने देशहरुमा अमेरिका, इटाली, स्पेन, चीन क्रमश पहिलो, दोस्रो, तेस्रा, चौथो स्थानमा रहेका छन । आज पनि विश्वका धेरै देशहरु संक्रमण पैmलिन रोक्नको लागि लकडाउनको स्थितिमा छन । रुघा, फ्लू र COVID-19 सबै विषाणु श्रृजित रोगहरु भएकाले लक्षणहरु साधारणतया उस्तै प्रकृतिका हुन्छन । विषाणुबाट लाग्ने रोगहरुको प्रभावकारी उपचार नभएकाले आफु सुरक्षित बस्ने, स्वास्थ्य सुरक्षाका पद्धतीहरु अपनाउने, सामाजिक दुरी कायम राख्ने जस्ता कार्यहरुले रोगको जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । यसको साथसाथै हामीले आफ्नो रोग प्रतिरोधात्मक शक्ति बढाउन विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । सबैलाई थाहा भएकै कुरा हो वृद्ध उमेर, मधुमेह, प्रेशर जस्ता अन्य मेटाबोलिक रोग भएका व्यक्तिलाई रोगको जोखिम बढी हुन्छ । यस्ता व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल बढी गर्नुपर्छ ।
निम्न लिखित आधारभूत बुदाहरु हामीले पालना गर्दा रोगको जोखिमलाई न्यूनिकरण गर्न सकिन्छ । जोखिम न्यूनिकरणका लागि खर्च बेहोर्नु पर्दैन, हामीले अलिकति समय दिए प्रभावकारी हुन्छ र हाम्रो स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्दछ । 
-    राम्रोसंग हात धुने ः कोरोना भाइरस २० सेकेन्ड जति राम्रोसंग साबुन पानीले मिचिमिचि हात धाेंएमा अथवा ६०% भन्दा माथिको अल्कोहलले हात सफाइ गर्दा सबै बिषाणु नष्ट हुन्छन ।
-    धुम्रपान  नगर्ने ः धुम्रपान सेवनले संक्रमणको जोखिम बढाउछ ।
-    पर्याप्त निन्द्रा ः पर्याप्त निन्द्राले शरिरलाई फूर्तिलो बनाउनको साथै रोग प्रतिरोधात्मक शक्ति पनि बढाउन मद्धत गर्दछ ।
-    ठिक्क व्यायाम ः शरिरका लागि हलुका व्यायाम ठीक हुन्छ । यदि कडा तरिकाले लामो समयसम्म व्यायाम गरिरहेने हो भने रोग प्रतिरोधात्मक शक्ति पनि घट्छ । 
-    तनाव ः तनावले रोग प्रतिरोध गर्ने क्षमतालाई घटाउछ । जति बढी तनाव भयो त्यति नै शरिरमा कर्टिसोल हर्मोन निस्कासन हुन्छ र रोग लाग्न सक्ने सम्भावना बढ्छ ।
-    भिटामिन सी ः भिटामिन सी ले तनाव कम गराउन मद्दत गर्दछ । विशेषगरि भिटामिन सी रुधा लागेको बेला बढी प्रयोग गरिन्छ । भिटामिन सी छाला स्वस्थ राखी बाहिरको किटाणुलाई शरीरमा प्रवेश गर्न बाधा पु¥याउछ । भिटामिन सि ले केही सेतो रगत कोशिकाहरुको कार्य क्षमता वृद्धि गरि संक्रमण घटाउन मद्दत गर्दछ ।
-    भिटामिन डी ः भिटामिन डी ले श्वास नली संक्रमण बाट जोगाउने काम गर्दछ । साधारणतया  भिटामिन डी सूर्यको प्रकाश बाट पाइन्छ भने भिटामिन डी कम भएका मानिसहरुले दैनिक २००० IU अथवा चिकित्सकको सल्लाह अनुसार भिटामिन डी खानु पर्ने हुन्छ ।
-    जिङ्क ः जिङ्कको सहयोगले सेतो रगत कोशिकाले शरीरलाई संक्रमणसंग जुध्न भूमिका खेल्दछ । जिङ्कको कमी भएका मानिसहरु विभिन्न रुधा, फ्लु तथा अन्य बिषाणुहरुसंग संवेदनशील हुन्छन ।
-    बेसार ः तरकारीमा प्रयोग गरिने बेसारमा
Curcumin भन्ने तत्वले गर्दा बेसारको रंग चहकिलो पहेलो हुन्छ । पछिल्ला अध्ययनहरुले बेसारले पनि रोग प्रतिरोधात्मक शक्ति बढाउछ भन्ने कुरा देखाएको छ ।
-    लसुन ः लसुन  अलि कडा खाले नाक पोल्ने राग भएको वनस्पति हो । हामीले तरकारी तथा अचारमा स्वादका लागि प्रयोग गर्ने लसुनले बिषाणु तथा जीवाणुलाई नष्ट गर्ने क्षमता बोकेको हुन्छ । साथै यसले रुधा निको पार्न पनि मद्दत गर्दछ ।
-    फलफुल, तरकारी, गेडागुडी ः पहेलो फलफुलमा भिटामिन ए बढी पाइन्छ, रातो र कलेजी रंगको फलफुलमा भिटामिन सी बढी हुन्छ । त्यस्तै तरकारी र गेडागुडीमा भिटामिन र प्रोटिन बढी पाइने हुनाले यीनीहरुलाई सन्तुलित मात्रामा खानाले रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्धत गर्दछ ।
-    चिकेन सुप ः चिकेन सुपमा भिटामिन ए, सी, म्याग्नेसियम, फोसफोरस, जिलाटिन, एन्टिअक्सिडेन्ट भएकाले रोग प्रतिरोधात्मक शक्ति बढाउछ । चिकेन सुपले सेतो रगतकोशिकामा भएको
Neutrophil लाई बाहिरी ःMucus membrane मा आउन रोकी ःगअगक mझदचबलभ सुन्निन कम गराउछ । यसले विषाणुलाई नाकको सम्पर्कमा आउने समय कम गराउछ साथै रुघा लाग्न सक्ने अवधि पनि कम गराउछ । मानिस कमजोर भएको बेला यसमा भएको पोटासियम र सोडियमले शरीरको इलेक्ट्रोलाइट सन्तुलन राख्न मद्दत गर्दछ । 
-    अण्डा ःअण्डाको पहेलो भागमा
(Yolk) धेरै मात्रामा प्रोटिन रहेको हुन्छ । यसमा जिङ्क र सेलिनियम पनि पाइनुले रोग प्रतिरोधात्मक शक्ति  बढाउन मद्दत गर्दछ ।