2026 November 07/ 01:00: 05am

          धुलिखेल/भकुण्डे नमोबुद्ध ७ मा भएको घटनामा संलग्न भएका अभियुक्तहरु विरुद्ध दर्ता भएको विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन अन्र्तगतको कसूरमा पक्राउ परेका अभियुक्त धरौटीमा छुटेका छन् । जिल्ला अदालत काभ्रेपलाञ्चोक जिल्लाका श्रेस्तेदार उपसचिव सन्जित गौतमले उक्त घटनामा संलग्नहरु धरौटीमा छुटेको जानकारी दिए ।  
           नमोबुद्ध ७ का ३५ बर्षिय सुमन भन्ने कुलप्रसाद खनाल, ४७ बर्षिय दामोदर खनाल, महोत्तरी बर्दिबास नगरपालिका ७ घर भई नमोबुद्ध भकुण्डेमा कार्यरत ट्राफिक प्रहरीका सुदिप निरौला, नमोबुद्ध ७ का ४२ बर्षिय गोपाल कुईकेल, ५० बर्षिय गंगालाल श्रेष्ठ, ३८ बर्षिय भक्तराज खनाल अदालतको धरौटीमा छुटेका छन् । अभियुक्त मध्ये विजयबहादुर विक्रम खनाल फरार छन् । समुन भन्न कुलप्रसाद खनाल, दामोदर खनाल र सुदिप निरौला दशैं अघि पक्राउ परेका थिए । अन्य कार्तिक ११ गते अदालतमा उपस्थित भएका थिए । अदालतले कुईकेललाई ४० हजार धरौटी माग गरेको थियो भने अन्यलाई २५ हजार धरौटी माग गरेको छ । धरौटी बुझाएर सबै छुटेका छन् । 
२०८३ भदौ १ गते विहानको राति ३.५८ बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नम्वर ७ स्थित नमोबुद्ध होटलमा बास बसेको अवस्थामा प्रतिवादीहरु सुमन भन्ने कुलप्रसाद खनाल, भक्तराज खनाल, गोपाल कुईकेल, विक्रम खनाल लगायतका मानिसहरु अनाधिकृत रुपमा प्रवेश गरी सुतिरहेको अवस्थामा हुलदंगा गरी होटलका संचालक गंगालाल श्रेष्ठलाई जबरजस्ती ढोका खोल्न लगाई तथानाम गाली गरी हुलदंगा समेत गरी अभद्र ब्यवहार गरेको र विभिन्न किसिमका मोबाईलले भिडियो बनाई सामाजिक सञ्जालमा समेत राखी साईबर कानून उल्लंघन गरी सामाजिक प्रतिष्ठामा आँच पुग्ने कार्य गरी गोपनियता सम्वन्धी मौलिक हकको बर्खिलाप हुने गरी कार्य गरेकाले कानून बमोजिम कारवाही गर्न माग गर्दै जाहेरी दर्ता भएको थियो । 
             यो घटनाको मुख्य योजनाकार प्रहरी जवान सुदिप निरौला रहेको बयानबाट खुलेको छ । उनै निरौलाले भकुण्डे चौकीमा कार्यरत सई गणेश श्रेष्ठ नमोबुद्ध होटलमा बसेको सूचना सुमन भन्ने कुलप्रसाद खनाल लगायतका ब्यक्तिलाई दिएका थिए । होटलमा सुदिप निरौला सरकारी मोटरसाईकल लिएर त्यसको पछाडी बसेर सुमन गएका थिए । उनिहरु पहिला विकास खनालकोमा गएका थिए । तर विकास खनाल जान मानेनन । प्रहरी जवान निरौलालाई रोकेर उनै सुमन र उनका काका भक्तराज खनाललाई बोलाएर स्थानीयहरु भेला गराएका थिए । २०८३ असोज १३ गते सुमन घरबाटै पक्राउ परेका थिए । उक्त घटनाको सबै भिडियो गोपाल कुईकेलले खिचेका थिए । दामोदर खनाललाई २०८३ असोज २४ गते पक्राउ गरेको थियो । सुमन भन्ने कुलप्रसाद खनाल, गोपाल कुईकेल, विक्रम खनाल लगायतले मोवाईलमा भिडियो खिचेको बयानमा उल्लेख छ ।