बनेपा/निर्माण व्यवसायी संघको १५ औँ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनबाट अकुर प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको वरिष्ठ उपाध्यक्षम अमित लामा प्रथम उपाध्यक्ष विष्णुहरी जोशी द्वितीय उपाध्यक्ष ङेमा सिं लामा महासचिव प्रदिप गौतम नीतिगत उपमहासचिव दमै सिं लामा (डिएस) आन्तरिक उप महासचिव कृष्ण लामा, कोषाध्यक्ष सुरेश लामा सह–कोषाध्यक्ष पाल्देन लामा सदस्यहरु नवीन थापा, फेमस घिसिङ, ठाकुर प्रसाद गौतम, शुक्रलाल तामाङ, विपिन दुलाल, साइला लामा, प्रदिप लामा (तेमाल), गणेश बहादुर कालिदास, हिरा कुमार बल, महिला सदस्य कृष्णमाया लामा निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष गौतमले निर्माण व्यवसायीहरूले भोग्दै आएका साझा समस्या समाधान, व्यवसायिक वातावरणको सुधार तथा निर्माण क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन आफ्नो नेतृत्व केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गौतमले निर्माण व्यवसायीहरूको हकहित संरक्षणसँगै संघलाई थप सुदृढ, पारदर्शी र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने बताए ।
निर्माण व्यवसाय क्षेत्रमा देखिएका विभिन्न चुनौती, सार्वजनिक निर्माणमा देखिने ढिलासुस्ती, भुक्तानीको समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा व्यवसायी मैत्री वातावरण निर्माण लगायतका विषयमा संघले सम्बन्धितनिकाय सँग समन्वय र सहकार्य गर्दै अघि गौतमले बताए ।
सपथ ग्रहण तथा पदस्थापन
निर्माण व्यवसायी संघको १५ औँ वार्षिक साधारण सभातथा ८ औँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सपथ तथा पदस्थापन गरिएको छ । निर्माण ब्यबसायी महासघंका बरिष्ठ उपाध्यक्ष मुकेश पन्तको प्रमुख आतिथ्यतामा सपथ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्माण ब्यबसायी संघ केन्द्रिय महासंघका नीतिगत उप–महासचिब मंगल शाही, सह–कोषाध्यक्ष उपेन्द्र कुमार घिसिङ्ग, केन्द्रिय सदस्य विजय लामा, केन्द्रिय सदस्य हिरा लामा, केन्द्रिय सदस्य राजेश गौतम बागमती प्रदेश अध्यक्ष बालकृष्ण थापा, प्रदेश बरिष्ठ उपाध्यक्ष राजकुमार बुढाथोकी लगायतले शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी मुकेश पन्तले अहिले निर्माण ब्यबसायीहरु चरम संकटमा रहेको बताए । देशभरीका विकास कामहरुको ठेक्का गर्ने निकाय सार्वजनिक खरिद अनुगमन कार्यलय गत ११ गते बट अनिश्तिकालीन बन्द भएकाले तुरुन्त खेल्न नेपाल सरकारसँग माग गर्दै यसबाट सम्पूर्ण निमार्ण ब्यबसायीहरुले दुःख पाएको पन्तले बताए । सिस्टम सुधारका नाममा गरिएको लापरवाहीले देशको विकास निर्माणमा ठुलै असर परेको पन्तले बताए । कार्यक्रममा नवनिर्वाचित अकुर गौतमले निर्माण ब्यवयासीको हकहितमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।









