2026 July 10/ 11:53: 43pm

       पनौती/काभ्रे शिक्षा विकास प्रतिष्ठानद्वारा सञ्चालित काभ्रे ईङ्गलिश स्कुलले २०८२ सालको एसईईमा उत्तिर्ण तथा कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । 
          कार्यक्रम शैक्षिक विकास प्रतिष्ठानका अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा तथा श्रीमेहर गणका योजना अधिकृत तथा सेनानी कृष्णबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथी थापाले विद्यार्थीहरुको पहिलो शिक्षा भनेकै अनुशासन भएकाले अनुशासनमा रहने र मेहनत गर्ने विद्यार्थी जिवनमा कहिलै पनि असफल नहुने बताए । विद्यार्थीहरुको सबैभन्दा ठुलो शत्रु भनेकै आफु भित्रको मन भएकाले शिक्षा मात्र नभई हरेक काममा निरन्तरता, अनुशासित र इमान्दारीता रहन थापाले आग्रह गरेका थिए । विद्यालयमा यसै शैक्षिक सत्रबाट सिनियर एनसिसि तालिम शुरु गर्ने र विद्यार्थीहरुलाई थप ब्यबहारीक शिक्षा प्रदान हुने थापाले बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले २०८२को परिक्षामा ६५ जनाले एसईई दिएका शतप्रतिशत उत्तिर्ण हुन सफल भएका र कक्षा १२ मा ४२ जनाले परिक्षा दिएका शतप्रतिशत उत्तिर्ण भएको बताए । विद्यालयले २०६० साल देखी २०८२ साल सम्म १ हजार ६५ जना विद्यार्थीहरु एसएलसी÷एसईई उत्तिर्ण भएका र कक्षा १२ मा ६ सय ८१ जना उत्तिर्ण भएको प्रिन्सिपल नेपालले बताए ।
विद्यालयले गुणस्तरीय शिक्षाका लागी कुनै कमी नगरी प्रविधि मैत्री, आधुनिक र ब्यवहारीक शिक्षामा जोड दिएको बताए । विद्यार्थीहरुले पढेका कुराहरुलाई ब्यवहारमा उतारी समय समयमा शैक्षिक प्रदर्शनी, विभन्न अतिरिक्ति कृयाकलाप मार्फत विद्यार्थीहरुको चौतर्फी विकासमा लागिरहेको बताए । विद्यालयले मात्रै गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने भएकाले अभिभावक, विद्यार्थी र शिक्षकको मेहनतले मात्रै सम्भव हुने नेपालले बताए । कार्यक्रममा पनौती नगरपालिका शिक्षा शाखाका स्रोत ब्यक्ति महेश्वर जंगम, प्रतिष्ठानका उपाध्यक्ष शान्तिराज कायस्थ, सदस्य भुवनकाजी मानन्धर, सदस्य ईन्द्र बहादुर श्रेष्ठ, सदस्य सचिब रामशरण लुईटेल, सहायक प्रिन्सिपल शान्त कुमार श्रेष्ठ, देविन प्रधान, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष केशवराज पौड्याल, एसईई उत्तिर्ण विद्यार्थी रोदम तिमल्सिना, १२ उत्तिर्ण सोनिया मल्ल ठकुरी लगायतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । 
कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रिन्सिपल देविन प्रधानले राखेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।