काठमाडौँ÷ राजधानी काठमाडौमा जारी ‘हिमालय रिम चलचित्र प्रदर्शनी २०२६’ ले नेपाली दर्शकलाई फरक अनुभव दिएको छ । चलचित्र हेर्ने मात्र नभई निर्माणमा संलग्न कलाकार र निर्देशकसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि दर्शकले पाएका छन् ।
त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा आयोजित कार्यक्रममा चीनका कलाकार र चलचित्रकर्मी अनलाइनमार्फत सहभागी भए । उनीहरूले आफ्ना चलचित्रका कथा, निर्माण प्रक्रिया र त्यससँग जोडिएका अनुभवहरू दर्शकसँग साझा गरे । प्रदर्शनीमा प्रदर्शन गरिएका चलचित्रहरूमा मार्सल आट्र्स, साहसिक यात्रा र आधुनिक एनिमेसन प्रविधिको संयोजन देख्न सकिन्छ। यसले युवा पुस्तालाई विशेष रूपमा आकर्षित गरेको छ ।
दर्शकहरूका अनुसार यस्ता कार्यक्रमले विदेशी चलचित्र र संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत पुग्छ। आयोजकले आगामी दिनमा नेपाल र चीनबीच चलचित्र आदान–प्रदानलाई थप विस्तार गर्ने योजना रहेको जनाएको छ ।









