2026 May 25/ 03:07: 06pm

    धुलिखेल/सरकारले यस अघि भुक्तानी गर्दै आएको द्वन्द्व, शहिद परिवार सँगै जेन्जी आन्दोलनका घाईते र शहिद परिवारलाई राहत रकम भुक्तानी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत चालु वर्षको बैशाख महिनासम्म द्वन्द्व तथा शहिद परिवारका लागि १ करोड ७९ लाख ८३ रुपैयाँ भुक्तानी गरिएको छ । 
    जेनजी आन्दोलनका शहिद परिवारलाई सरकारले तत्काल १५ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । पनौती १० का शहिद रसिक खतिवडा खत्रीका बुबा पुरुषोतम खतिवडा खत्रीले राहत १५ लाख रुपैया बुझिलिएका छन् । तेमाल ७ का शहिद दिलनारायण तामाङको श्रीमती बुद्धमाया तामाङ र भुम्लु ४ का शहिद सरोज खत्रीका बुबा धर्मराज खत्रीले १५/१५ लाख राहत बुझेका छन् । जेनजी आन्दोलनका घाईतेहरु तेमाल ४ का रमेश लामा र पनौती ७ का सागर प्रधानले २०/२० हजार रकम प्राप्त गरेका छन् । 
    चैत्र मसान्तसम्म जिल्ला प्रशासन कार्यालयले ५ करोड २२ लाख २१ हजार १ सय ८९ रुपैया राजश्व संकलन गरेको छ भने चालु खर्च २ करोड ३० लाख ४७ हजार ४८ रुपैया र पुँजीगत खर्च १० लाख ७४ हजार १ सय १६ रुपैया गरेको छ । विविध खर्च अन्र्तगत ४ करोड ५८ लाख ३४ हजार ३ सय ५१ रुपैया खर्च गरेको छ । कार्यालयले प्राप्त गरेको धरौटी ३ करोड ४६ लाख ७ हजार २ सय ३३ रुपैया रहेको छ । धरौटी फिर्ता २३ लाख ८ हजार ८ सय ८७ रुपैया रहेको छ ।