2026 May 01/ 06:59: 49pm

        बनेपा/नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ काभ्रेपलाञ्चोक  जिल्ला समितिको ७ औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ ।
         निर्वाचित पदाधिकारीहरुको एक कार्यक्रमका बिच पदस्थापन गरिएको छ । पदस्थापन कार्यक्रम नेपाल यातायात ब्यबसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमख अतिथी स्वाँरले पछिल्लो समय ईन्धको मुल्य बृद्धिका कारण यातायात क्षेत्र धरायसी बन्दै गएको बताए । समितिको सचिवमा गणेश हिमाल तराई यातायात प्रालिका उकेश तौजले, कोषाध्यक्षमा सिन्धु हेलम्बु यातायात सेवा प्रालिका श्याम कुमार श्रेष्ठ, सदस्यमा कबिर रञ्जित राजसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । सल्लाहकारमा आत्माराम थापा, राजेशकुमार श्रेष्ठ र राजेश सुन्दर सैजू रहेका छन् । कार्यक्रमको सभापतित्व अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका थिए ।