2026 August 17/ 06:44: 56am


           बनेपा/बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनि विक २०२६ को सन्दर्भमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति विकास गर्ने उद्देश्य सहित सप्ताहव्यापी रुपमा “विवद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ । 
            कार्यक्रम मार्फत २९४ जना विद्यार्थी र ११ जना शिक्षक शिक्षिकाहरू गरी कुल ३०५ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको थियो । धुलिखेलको सञ्जीवनी माध्यमिक विद्यालय, बनेपाको नाईटिङ्गेल एकेडेमी स्कुल, बेलर इन्टरनेश्नल एकेडेमी, शिक्षा सदन माध्यमिक विद्यालय, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, काभ्रे माध्यमिक विद्यालय पाँचखालको आजाद माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम सञ्चालन गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले बताए । 
सन् २०१२ देखि आर्थिक सहयोग तथा विकास संगठनको संयोजनमा हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यसवर्ष पनि “स्मार्ट मनी टक” भन्ने नाराका साथ मार्च १६ देखि २२ सम्म ग्लोबल मनी विक २०२६ मनाइएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय बजार, पैसाको महत्व, बजेट निर्माण, बचत तथा ऋणको उपयोगिता, उचित वित्तीय निर्णय, अभिभावकको आर्थिक भारमा सहयोग गर्ने उपाय तथा स्वस्थ खानपान सहितको जीवनशैली सम्बन्धी विषयमा संस्थाका वरिष्ठ अधिकृत उमेश आचार्यले बताएका थिए । संस्थाले सामाजिक उत्तर दायित्व अन्र्तगत  विभिन्न कार्यहरु गर्दे आएको छ ।