2026 February 25/ 04:14: 56am

    धुलिखेल/धुलिखेल हाईस्कुलको ३६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस र विद्यालयको नवनिर्मित भवनको उद्घाटन, एसईई उत्तिर्ण विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण धुलिखेल अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष तथा विद्यालयका संस्थापक चुनियाँलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम मार्फत प्रतिभा प्रस्तुत गरेका थिए । 
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रा.डा.रामकण्ठ माकजु श्रेष्ठले धुलिखेलमा स्थापना भएको धुलिखेल हाईस्कुल गुणस्तरीय शिक्षाको नमूना शैक्षिक संस्था भएको बताए । ‘धुलिखेल स्वास्थ्य र शिक्षामा पहिलो र गुणस्तर शहर हो’–उनले भने–‘गुणस्तरीय स्वास्थ्य र शिक्षाको नमूना हेर्न धुलिखेल आउनु पर्छ । धुलिखेल हाईस्कुल र धुलिखेल अस्पताल त्यसका उदाहरण हुन् ।’ शिक्षा र स्वास्थ्यको पहुँच र गुणस्तरमा सम्झौता गर्न नहुने बताउँदै डा.रामकण्ठ माकजु श्रेष्ठले असल, नैतिकवान् नागरिक उत्पादनमा मेहनत गर्न विद्यालयलाई सुझाव दिए । 
    कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक एवं संस्थापक अनमोल माकजुले विद्यालय स्थापना देखि हालसम्म धुलिखेलमा रहेर जिल्लाको शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराएका थिए । अभिभावकहरुलाई बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि विद्यालयले गरिरहेको पहल र सहजीकरणमा अभिभावकहरुले पु¥याउनु भएको योगदानको प्रशंसा गरे । पछिल्लो समय बालबालिकाहरुलाई कक्षामा टिकाउन असहज हुने अवस्थामा अभिभावकहरुले घर परिवारमा समेत विद्यालयको जस्तै सहज वातावरणमा अध्ययनका लागि शैक्षिक सामाग्री र वातावरण निर्माण गर्न अनुरोध गरे । विद्यालयले कक्षा ११ र १२ मा थप विषयहरु संचालन गर्न, कक्षा ७ देखि स्मार्ट बोर्ड मार्फत सिकाई विधी संचालन गर्न, प्रयोगात्मक र ब्यवहारीक शिक्षालाई प्राथमिकतामा दिन, गुणस्तरीय, नैतिकवान र चरित्रवान् नागरिक उत्पादन गर्न मेहनत गरिरहेको बताए । विद्यालयको नवनिर्मित भवनले विद्यार्थीहरुको सिकाई प्रकृयामा सहज हुने उनले बताए । नवनिर्मित भवनको अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले उद्घाटन गरेका थिए । 
    कार्यक्रममा विद्यालयका प्रिन्सिपल आशिफ माकजुले हरेक वर्ष विद्यालयमा भौतिक र प्रविधि सहितका कक्षाहरु संचालन गरिरहेको बताए । हालसम्म २७ औं ब्याज एसईई उर्तिण भएका विद्यार्थीहरु विभिन्न स्थानमा कार्यरत रहेको बताउँदै १ हजार १ सय विद्यार्थीहरु उच्च शिक्षाका लागि तयार गरेको बताए । शैक्षिक वातावरणलाई अझै सहज बनाउन विद्यालयले अतिरिक्त कृयाकलाप तथा विद्यालयका पूर्वाधारहरु वातावरणमैत्री बनाउने कार्य गरिरहेको बताउँदै उनले अभिभावकको विश्वास र सद्भावलाई विद्यार्थीहरुको गुणस्तर सुधारमा सक्रिय बनाएको बताए । कार्यक्रममा धुलिखेल नगरपालिका शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरी, धुलिखेल नगर प्याब्सनका अध्यक्ष मिलन आचार्य, अभिभावक विकास लामा लगायतले धुलिखेल हाईस्कुलले प्रदान गरिरहेको गुणस्तरीय शिक्षाको चर्चा गरेका थिए । अभिभावक दिवसमा छिमेकी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विभिन्न क्षेत्रका ब्यक्तित्वहरुको सहभागिता रहेको थियो अध्यक्ष चुनियाँलाल श्रेष्ठले विद्यालय स्थापनाको उदेश्य सार्थक भएको बताउँदै शिक्षाको गुणस्तर कायम राख्न प्रयत्नरत रहेको बताए । सोहि अवसरमा एसईई उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार सहित सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य संस्थापक दिनदयाल सोंजुले धन्यवाद सहित विद्यालयले प्रदान गरेका शैक्षिक कार्यक्रम अझै सशक्त बनाउने बताए । कार्यक्रम शिक्षिका देवकी अधिकारीले संचालन गरेकी थिईन् । कार्यक्रममा उत्कृष्ट शिक्षक तथा एसईई अवार्ड वितरण गरिएको थियो ।