2026 August 17/ 07:53: 40pm

    बनेपा/उज्यालो नेपाल पार्टीका नेता एवं मन्त्री कुलमान घिसिङले निर्वाचन पछि बन्ने सरकार आफ्नै पार्टीको नेतृत्वमा बन्ने दावी गरेका छन् । 
    ‘क्याविनेट पुग्नु छ । आज नै सुदुरपश्चिम पुग्नु छ । तर पनि जिल्लामा आई पुग्नु प¥यो भन्ने साथीहरुको करकापले म काभ्रेपलाञ्चोकमा आईपुगें’–मन्त्री कुलमान घिसिङले भने–‘जिल्लाका सबै क्षेत्रमा उज्यालो छर्नुस र संगठन विस्तार गर्नुस् ।’ आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने उनले बताए । साथै समानुपातिक निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने घोषणा गरे । सोमबार उनी बनेपा आएका थिए । 
    पूर्व र पश्चिम, मधेश तथा जुन जुन जिल्लामा पुग्दा पनि राम्रा ब्यक्तिहरु जोडिने अवसर खोजिरहेको आफुले पाएको बताउँदै उनले तत्काल सबै क्षेत्रका ब्यक्तिहरुलाई पार्टीमा गोलबद्ध बनाउँदै अघि बढ्ने घोषणा गरे । ‘छाटो समयमा धेरै गर्न सकिन्छ’–उनले भने–‘समय कम हुँदैमा गर्न नसकिने भन्ने हुन्न, यस्तै अवस्थाबाट संगठन सक्रिय बन्छ ।’ 
    भेलामा केन्द्रीय नेताहरुको सहभागिता थियो । बनेपामा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो । भेलाले पार्टीको तदर्थ समिति गठन गरेको छ ।  

संयोजकमा क्षितिज लामा
    उज्यालो नेपाल पार्टीको जिल्ला स्तरीय भेलाले क्षितिज लामालाई संयोजकमा छनौट गरेको छ । भेलाले विनोद तामाङ नमोबुद्ध, आसमान तामाङ पाँचखाल, सुनिता दोङ तेमाल, प्रमेश लामा पाँचखाल, सञ्जय तामाङ पाँचखाल, भुवनबहादुुर थापा बनेपा, टेकबहादुर रायमाझी तेमाल, सफल तामाङ पनौती, विनोद तामाङ नमोबुद्ध, रवि घिसिङ रोशी, सुरज दाहाल बनेपा, युवराज खरेल पाँचखाल, गंगा रायमाझी श्रेष्ठ बनेपा, आवास तिमल्सिना बनेपा, दिवस बजगाई, बुद्धिमान तामाङ रहेका छन् । त्यस्तै भेलाले युवाहरुको संयोजकमा निशान्त रत्न बस्ताकोटी चयन भएका छन् । सह–संयोजकमा अविरल लामा रोशी छनौट भएका छन् । भेलाले धुलिखेल नगरमा जीवनकाजी माकजु चयन भएका छन् ।