रोशी/काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका वडा नम्वर ३ बस्ने ३४ बर्षिय सोनाम माईला भन्ने मानबहादुर मोत्तानले १२ वर्ष ८ महिना २३ दिनकी बालिकालाई पटक पटक जर्बजस्ति करणी गरे पछि रहेको गर्भ खेर गएको छ । करणी पछि पेटमा बच्चा आयो भन्दै बालिकाले उनलाई भनकी थिईन् । मानबहादुरले औषधी सेवन गराएका कारण गर्भ खेर गएको हो ।
‘एकान्तमा वा घरमा कोहि नभएको बखत आउने र त्यहि बाटो हुँदै हिड्ने क्रममा मानबहादुरले जर्बजस्ति करणी गर्ने गरेका रहेछन’–पीडितका बाबुले जाहेरीमा भनेका छन्–‘बालिका लामो समय सम्म झर्कने, रिसाउने, विरामी भई रहे पछि मात्रै बालिकाको अवस्थाका बारेमा जानकारी भयो ।’ एक वर्ष अघि देखि नै उनले पटक–पटक जर्बजस्ति करणी गरिरहेका रहेछन् । बीच बीचमा औषधी सेवन पनि गराएका रहेछन् । पछिल्लो पटक पेटमा बच्चा भएर जन्मने बखत गर्भ खेर गएको रहेछ । उक्त घटना कसैलाई भने झुण्डाएर मार्ने धम्की दिएकाले अभिभावकलाई समेत भन्न नसकेको उनले बयानमा भनेकी छिन् ।
अभिभावकले जाहेरी दिए सँगै मानबहादुर फरार छन् । बालिकालाई थप उपचार र अनुसन्धानका लागि ल्याईएको थियो । तिहारको विदा पछि मुद्दा अदालतमा पेश गरिएको थियो । उनलाई पक्राउ पुर्जी र पीडित बालिकालाई क्षतिपुर्ति सहित घटनामा संलग्न मानबहादुरलाई कानुन अनुसार कारवाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकका जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीले काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर गरेकी छिन् । २०८२ कार्तिक ९ गते उक्त मुद्दा अदालतमा दर्ता भएको हो । घटना रोशी गाउँपालिका वडा नम्वर ४ मा भएको हो ।









