2026 August 19/ 06:16: 26pm

    बनेपा/बनेपा नगरपालिकलिको लायकु मञ्चमा आगामी कार्तिक २० देखी २२ गते सम्म श्री श्वेतकाली १२ वर्षे देवीनाच पर्व हुने भएको छ । 
    उक्त पर्व तयारीका लागी बनेपा नगरपालिका वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धरको संयोजकमा पर्व तयारी ब्यबस्थापन समिति गठन गरिएको छ । नगर प्रमुख शान्तिरत्न शाक्य, उप–प्रमुख विमला सापकोटा सल्लाहकार रहेका छन् । उक्त नाचका बारेमा काठमाडौं महानगरपालिका १८ वडा नरदेवीमा अवस्थित नरदेवी श्री श्वेतकाली माई देशको एक महत्वपूर्ण धार्मिक धरोहर रहेको छ । विजया दशमीको पावन अवसरमा राष्ट्राध्यक्षबाट दर्शन सवारी हुने श्री श्वेतकाली माई, काठमाडौंको एक प्रमुख शक्तिपीठको रुपमा रहेको छ भने, प्राचिन काठमाडौंमा सदियौंदेखि संचालन हुँदै आएका परम्परागत देवीनाचहरु मध्ये राष्ट्रबाट संरक्षित श्री श्वेतकाली देवीनाच एक महत्वपूर्ण र जीवन्त धार्मिक साँस्कृतिक धरोहरको रुपमा रहेको छ ।
    श्री श्वेतकालीको धार्मिक परम्परा अनुसार प्रत्येक वर्ष पिशाच चतुर्दशी, पाहाँचह्रेका दिन नरदेवी डबलीमा श्री श्वेतकाली देवीनाच संचालन हुँदै आएको छ भने प्रत्येक बाह्र वर्षमा १२ वर्षे देवीनाच पर्व अन्तर्गत नरदेवी स्थित देवीको डबलीका साथै हनुमानढोका दरवार स्थित तलेजु भवानी, नासल चोक, कुमारी घर, इन्द्रचोक र कालभैरव पछाडीको डबली, थाना अगाडीको डबली र यसैगरि ललितपुर, कीर्तिपुर, भक्तपुर दरवार क्षेत्रका प्राचिन डबलीहरुका साथै बनेपाको लायकु डबलीमा श्रीको १२ वर्षे देवीनाच पर्व संचालन गर्नुपर्ने परम्परा रहेको छ ।
    यसै क्रममा श्रीको देवीनाच परम्परा अनुसार आगामी २०८२ कार्तिक २० देखि २२ गते सम्म प्राचीन बनेपाको लायकु डबलीमा श्रीको १२ वर्षे देवीनाच पर्व संचालन हुन लागेको हो  । जात्रा व्यवस्थापन समितिको पहलमा, परम्परागत नाचगुठीको नेतृत्वमा हुने उक्त जात्रा, सम्बन्धित सम्पूर्ण गुठीयारहरु लगायत परम्परागत ङत त्वाः समाजका सम्पूर्ण सदस्यहरुको सकृय सहभागितामा असंख्य भक्तजनहरु बिच श्रीको देवीनाच पर्व सम्पन्न गर्ने योजना रहेको पर्व ब्यबस्थापन समितिका अध्यक्ष सत्यनारायण डंगोलले बताए । परापूर्वकाल देखि संचालन हुँदै आएको राष्ट्रकै धार्मिक साँस्कृतिक गौरव बोकेको श्री श्वेतकाली १२ वर्षे देवीनाच पर्वलाई जीवन्तता प्रदान गर्ने, यसको संरक्षण सम्बर्धन एवं नयाँ पिँढीमा पुस्तान्तरण गर्दै जात्रालाई निरन्तरता दिने कार्यक्रमको प्रमुख उद्देश्य रहेको डंगोलले बताए । श्रीको देवीनाच पर्व संचालन हुनाले, देवीनाच दर्शन गर्नाले समाजमा व्याप्त नकारात्मक उर्जाशक्ति क्षीण भई सम्पूर्ण प्रजाजनमा सुस्वास्थ्य एवं सुख समृद्धिले वास गर्ने धार्मिक जनविस्वास रहेको डंगोलले बताए ।
    प्राचीन काठमाडौको स्थानीय धार्मिक साँस्कृतिक धरोहर एवं राष्ट्रकै गौरवशाली अमुर्त सम्पदाको संरक्षण एवं सम्बद्र्धनमा जन साधारण भक्तजन एवं सम्बन्धित निकायहरुबाट यथेष्ट साथ र सहकार्य रहने बताईएको छ । बनेपामा देवीको विधिवत प्रस्थान गराई २० गते  दिउँसो २ बजे प्राचीन बनेपाको लायकु गणेशस्थान आईपुग्ने जनाएको छ । लायकु गणेशस्थान स्थित आखा ः (विधिवत् देवी प्रस्थान गराउने ठाउँमा हुने विधि पूजा पश्चात दिउँसोको करिब ५ बजे सांस्कृतिक बाजागाजासहित मंगलयात्रा गर्दै देवीलाई लायकु प्रवेश गराई साँझको करिब ६ः३० बजे लायकु डबलीमा प्रवेश गर्ने तत् पश्चात साँझ ७ बजेदेखि मध्यराति करिब १२ बजेसम्म श्रीको पहिलो चरणको देवीनाच सम्पन्न गरेपछि तोकिएको स्थानरशिविरमा गई आराम गर्ने छ । पर्वको दोस्रो अर्थात कार्तिक २१ गते बिहान करिब ७ बजेबाट श्री करुणामय (सुथःमाजु) को बिधिवत नाच सुरु भएसंगै दोस्रो चरणको देवीनाच आरम्भ हुनेछ । साँझको करिब ८ बजेसम्ममा देवीका सम्पूर्ण नाचको कार्यक्रमहरु सम्पन्न गराई आखाःमा प्रवेश गराई नाचका सम्पूर्ण कार्य विसर्जन गरिनेछ । त्यसपछि सम्पुर्ण गुठीयारका साथै सहयोगीहरु तोकिएको समय, स्थानमा रात्रिको खाना पश्चात शिविरमा आराम गर्ने । तेसा्रे दिन कार्तिक २२ गते अन्तिम दिन बिहान डबली तथा आखाः मा विधिवत पूजा गरी प्रसाद ग्रहण पश्चात दिउँसो करिब १ बजे भक्तपुरबाट बिदाभई देवीलाई काठमाडौं नरदेवी स्थित देवीको द्यःछँमा विधिवत लसकुस गरी भित्राइने छलफलमा बताईएको थियो । तयारी छलफलमा नगर प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, पुर्व नगर प्रमुख लक्ष्मी नरसिं बादे,  नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, स्थानीय, विभिन्न धर्म संस्कृतिविद्हरुको सहभागिता रहेको थियो ।