2026 August 18/ 06:26: 10pm

    धुलिखेल/कक्षा १२ को परीक्षाफलमा काभ्रेपलाञ्चोक जिल्लामा रहेको बनेपा निष्टमा अध्ययनरत विज्ञान संकायका तीन जना विद्यार्थीहरुले ३.९६ जिपिए प्राप्त गरेका छन् । बनेपा निस्टमा अध्ययनरत आया भोक्षिभोया, आयाम श्रेस्ठ र सृष्टी जिरेलले ३.९६ जिपिए प्राप्त गरेका छन् । 
    त्यस्तै बनेपामा रहेको बेलर एकेडेमीमा विद्यार्थी अध्ययनरत विद्यार्थी सिद्दान्त तिमल्सिनाले ३.९६ जिपिए प्राप्त गरेका छन् । यो वर्ष देशभर कुनै पनि विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छैनन । त्यस्तै नेपाल प्रहरी स्कुल साँगामा अध्ययनरत दुई विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन् । विज्ञान संकायमा अध्ययनरत नविन गुप्ता र गगनकुमार सिंहले ३.९६ जिपिए प्राप्त गरेका छन् । 
    बनेपा निष्टमा अध्ययनरत आईसा सैजुले ३.९५ जिपिए प्राप्त गरेकी छिन् । काठमाडौ युनिभर्सिटी हाईस्कुल चौकोटमा अध्ययन गर्ने विज्ञान संकायकी इशा कार्कीले ३.९५ जिपिए प्राप्त गरेकी छिन् । नेपाल प्रहरी स्कुल साँगामा अध्ययनरत निरुता पोखरेलले ३.९४ जिपिए प्राप्त गरेका छन् । नेपाल प्रहरी स्कुलका १० जना विद्यार्थीले ३.९० देखि ३.९२ जिपिए प्राप्त गरेका छन् । ब्यवस्थापन संकायमा आयुस्मा खड्काले ३.९१ जिपिए प्राप्त गरी उत्कृष्ट भएकी छिन् । नेपाल प्रहरी स्कुलका निशान्त चर्मकारले ३.९२ जिपिए प्राप्त गरेका छन् । विज्ञान संकायमा अध्ययनरत जनकबहादुर मगर, कुसुम थापा, मानाषी शर्मा, शिषा पौडेल, शलिना कुँवर, सिम्रन पाठक र पछका वलीले ३.९१ जिपिए प्राप्त गरेका छन् । पिन्कि कुमारीले ३.९० जिपिए प्राप्त गरिन् । नेपाल प्रहरीले शत प्रतिशत विद्यार्थी उर्तिण गराएको छ । 
    बनेपा निष्टमा क्रिसला लुईटेलले ३.९३  जिपिए प्राप्त गरेका छन् । क्रिटन दाहालले ३.९२ जिपिए प्राप्त गरेका छन् भने सविन न्यौपानेले पनि ३.९२ जिपिए प्राप्त गरेका छन् । सामुदायीक तर्फ धुलिखेल संञ्जीवनी नमूना माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ तर्फ आकृति आचार्यले ३.९१ जिपिए प्राप्त गरेकी छिन् । पनौतीको भालेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा आयुषा गुरागाईले ३.८४ जिपिए प्राप्त गरेकी छिन् । 
    त्यस्तै बनेपा सिद्धार्थ एकेडेमीमा अध्ययनरत सबै विद्यार्थीहरु उर्तिण भएका छन् । सिद्धार्थले शतप्रतिशत विद्यार्थी उर्तिण गराएको छ ।