काभ्रे/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेको आयोजनामा जिल्लावासीहरुको लागि निःशुल्क रगत उपलब्ध गराउन २ करोडको अक्षयकोष स्थापना गरिएको छ ।
उक्त अक्षय कोष स्थापनाका लागी प्रमुख अतिथी वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले ब्यक्तिगत रु ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । रेडक्रसले विपद्का समयमा काम गर्दै आएको छ, यो रगत ब्लड बैंक स्थापनाका लागी थप ब्यबस्थीत गर्न लागेकोमा धन्यबाद दिदै वागमती सरकारबाट २५ लाख रुपैयाँ राखेको बताए । उक्त अभियानमा स्वास्थ्य सम्बन्धी र रगत संकलनका लागी आवश्यक स्वास्थ्य सामाग्री सहयोग गर्ने मन्त्री थापाले प्रतिबद्धता ब्यक्त गरेका थिए । रेडक्रसमा कुनै राजनितिक रंग नहुने भएकाले सबैले सहयोग गर्नुपर्ने मन्त्री थापाले बताए । रगत संकलनका लागी जुन अक्षय कोष स्थापनाका लागी गरेको कार्य उत्कृष्ट भएको हुदाँ यसलाई निरन्तरता दिन समेत उनले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देबेन्द्र भैलले जिल्लावासीहरु कोही पनि रगत अभावका कारणले मर्नु नपरोस् भन्नाका लागी उक्त अभियान सुरु गरिएको बताए । रक्त सञ्चार सेवालाई थप सुदृढिकरण गर्न र आपतकालीन समयमा समेत निशुल्क रगत उपलब्ध गराउन अभियान अगाडी बढाईएको भैलले बताए । रेडक्रस सोसाईटीले २४ सै घण्टा ब्लड बैंक सञ्चालन गर्दे आएको र त्यसलाई थप ब्यबस्थापन, प्रविधि मैत्री बनाउन लागीएको सभापती बताए । भैलले जिल्लामा ३८ वटा उपशाखा रहेको र प्रत्येक उपशाखाले न्युनतम १ लाखका दरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको जनाएका थिए । त्यसैगरी बनेपा उप–शाखाले १० लाख, कुशादेवी उपशाखा ५ लाख, पनौती उप शाखाले १ लाख ११ हजार, नेकपा एमाले काभ्रे जिल्ला कमिटीका उपसचिब रत्नकुश रञ्जीतले १ लाख १ हजार, वागमती प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले ५५ हजार ५ सय ५५, उद्योग वाणिज्य महासघंका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैधले ५५ हजार, शाखा सभापती देबेन्द्र भैलले ५० हजार, समाज सेवी देश सुधार भैलले ५० हजार, बनेपा नगर प्रमुख शान्ति रत्न शाक्यले ५० हजार, पाँचखाल नगर प्रमुख महेश खरेलले ५० हजार लगाएत धेरै ब्यत्तिहरुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उप प्रमुख विमला सापकोटा, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, जिल्ला सल्लाहार तथा बनेपा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यलयका प्रमुख लगायतको उपस्थिती रहेको थियो भने रेडक्रसलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपसभापति पुष्पा खड्काले गरेकी थिईन् ।







