2026 May 12/ 06:58: 13pm

          बनेपा/बनेपामा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धनमा स्थानीय पहल र भूमण्डलीय नागरिक शिक्षा, जलवायु परिवर्तन तथा प्राकृतिक पहल विषयक सचेतना कार्यक्रम आयोजना गरिएको छ । युनेस्को र बनेपा नगरपालिकाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । कार्यक्रममा युनेस्को नेपाल राष्ट्रिय आयोगका साँस्कृतिक क्षेत्रका सदस्य सचिव पदम जोशी, बनेपा नगरपालिका शिक्षा शाखाका उप–सचिव देवराज निरौला, बनेपा नगरपालिकाका शिक्षा अधिकृत शिवराज त्रिपाठी, सँस्कृतिविद् एवं साहित्यकार मोहन दुवाल, वातावरण क्षेत्रमा कार्यरत रघुनाथ घिमिरे, साँस्कृतिक संपदा संरक्षणमा सकृय मोहन तौजले, महिला जागरण, उद्यमशीलता र सामाजिक अभियानमा सकृय अभियन्ताको उपस्थिती रहेको थियो ।
          कार्यक्रममा सदस्य सचिव जोशीले दुईदिनको कार्यक्रममा बनेपाको साँस्कृतिक पक्ष र जलवायु परिवर्तनको विषयमा छलफल हुने बताए । उक्त विषयमा छलफलका लागि नयाँ पुस्ता र पुरानो पुस्ता एकै ठाउँमा भेला भएका छन् । ज्ञान आर्जन र सुधारको अपेक्षासहित कार्यक्रम गरिएको जोशीको भनाई छ । सम्पदाको शहर भनेर चिनिने बनेपाको साँस्कृतिक सम्पदाको संरक्षण, नयाँ पुस्ताको आकर्षण र आगामी योजना बारे छलफल भएको छ ।