2026 August 18/ 08:34: 54pm

धुलिखेल/रोजगार प्रर्वद्धन कार्यक्रम, सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्र्तगत संचारकर्मीहरुसँग जिल्लामा भएका गतिविधिहरुका बारेमा अन्र्तक्रिया तथा अभिमुखिकरण गरिएको छ । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, धुलिखेल नगरपालिकाका अधिकृत विदुर गौतम, सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवर, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले सामी कार्यक्रमको प्रभावकारीता, अवस्था र आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए । बैदेशिक रोजगारमा जानेहरुका लागि उपलब्ध गराएका विभिन्न सेवा तथा परिवारका लागि आवश्यक पर्ने वित्तिय साक्षरता लगायतका कार्यक्रमका बारेमा संचारकर्मीहरुका जिज्ञासाका बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायका प्रतिनिधि र संचारकर्मीहरुको सहभागिता रहेको थियो । 
    सामी कार्यक्रमका मुख्य कृयाकलाप सूचना तथा परामर्श, न्यायमा पहुँच, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता र सीपमुलक तालिम रहेका छन् । आप्रवासी कामदार, आप्रवासी श्रोत केन्द्र तथा उपकेन्द्र, संघ सरकारको मन्त्रालय (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय), रिर्टनी आप्रवासी कामदार, रिर्टनी आप्रवासी सञ्जाल, रोजगार संयोजक, रोजगार सेवा केन्द्र, बैदेशिक रोजगार, स्थानीय तह रहेका छन् । काभ्रेको स्थानीय तहरुमा संचालन भएको सामी कार्यक्रमले अपेक्षाकृत सुधार र सहज बनाएको छ । 
    बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुले सहि सूचना पाउन थालेका छन् । विदेश जानु अघि पैसा लिएर ठग्ने क्रम घटको छ । ठगीका उजुरी कम हुन थालेका छन् । सम्झौता अनुसार काममा जानु पर्ने, काम, सुविधा र कागजातका बारेमा समेत सहज जानकारी हुन थालेको छ । सूचना र परामर्श प्रभावकारी भएको छ । बैदेशिक रोजगारीमा जानेहरुका लागि पर्ने कानूनी अड्चन तथा न्यायमा पहुँच पु¥याउन कार्यक्रम प्रभावकारी देखिएको छ । जस्तै ठगिमा परेर रकम फिर्ता नपाएकाहरुको हकमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र अदालतसम्म पनि जान सक्ने गरी सहज वातावरणका लागि कार्यक्रमले सहजिकरण र समन्वय गरिरहेको छ । केहि उजुरीहरुमा पिडीतले न्याय पाएका छन् । 
    सबै भन्दा ठुलो समस्या यहि बनेको छ । मानसिक रुपमा विक्षिप्त हुने, परिवार अलग अलग हुँदा सामाजिक, सांस्कृतिक, पारिवारीक रुपमा पनि समस्या उत्पन्न हुन थालेको छ । यस्तो अवस्थामा सहज पहुँच र मनोसामाजिक परार्मशले नागरिकहरुले सहज जिवन जिउन सकेका छन् । केहि परिहाल्यो भने बैदेशिक रोजगारमा गएर फर्किएकाहरु, गएकाहरुले सामाजिक सञ्जालको माध्यमबाट र परिवारका सदस्यहरुले पनि गाउँमा रहेका मनोसामाजिक परामर्शकर्ताहरुसँग सम्र्पक गर्ने गरेका छन् । 
    कार्यक्रम पछि वित्तिय साक्षरताले महत्वपूर्ण सकारात्मक सन्देश दिएको छ । जस्तै घरको पारिवारीक सदस्यले पठाएको रकमको सदुपयोग त भएकै छ । खर्च भएको रकमको हिसाव राख्न र ब्यवस्थित गरी बचत गर्ने क्रम बढेको छ । जसका कारण अनावश्यक र फजुल खर्च घटेको छ । सीपमुलक तालिम प्रभावकारी छ । आवश्यक पनि छ । सहज बनाएको छ । तर प्रभावकारी बनाउन अझै प्रयत्न जरुरी छ । सीप पाएकाहरु फर्किएर पनि त्यहि काममा सहज जीवनयापन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिएको सूचना परामर्श प्रभावकारी देखिएको छ । तर पनि नागरिकहरुले परामर्श लिन झन्झट मानिरहेका छन् । स्थान अभाव तथा ब्यक्तिले आफ्नो गोपनियता सबैका सामु भन्न नचाहेका कारण पनि उक्त कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन । त्यसका लागि उपयुक्त स्थानको अभाव देखिन्छ । 
    स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र नागरिकहरुले समेत विकास भनेको पूर्वाधार मात्रै सम्झिएकाले सामी कार्यक्रमको उपलब्धी देखिने गरी हुन नसकेको संचारकर्मीहरुले सुझाव दिए । बैदेशिक रोजगारमा गएका जिल्लाका ९ हजार ८ सय २३ मध्ये १४ जनाले ज्यान गुमाएका छन् ।  अघिल्लो आर्थिक वर्ष १३ जनाले ज्यान गुमाएका थिए । उनिहरुका लागि क्षतिपुर्ति, ठगिएकाहरुका लागि न्याय र सम्झौता अनुसार काम नपाएकाहरुका लागि कामको ब्यवस्थापन तथा अन्य विषयमा भएका गतिविधिहरुका बारेमा जानकारी गराईएको थियो ।