काठमाडौ/महालेखापरीक्षकको ६२ औ बार्षिक प्रतिवेद २०८२ अनुसार देशभरका ७ सय ५३ वटा स्थानीय पालिकाहरु मध्ये काभ्रेपलाञ्चोक जिल्लाको विकट पालिका महाभारतमा शुन्य बेरुजु देखिएको छ । यो देशभरको एकमात्र पालिका हो । अघिल्लो वर्ष पनि उक्त पालिकाको बेरुजु शुन्य थियो ।
जिल्लाका अन्य १३ पालिकामा धुलिखेल ०.२५, नमोबुद्ध २.६०, पनौती ०.३९, पाँचखाल १.३५, बनेपा २.२२, मण्डन ०.०९, खानीखोला ४.४९, चौरीदेउराली १, तेमाल १.१२, बेथान्चोक १.७५, भुम्लु ०.८६ र रोशी २.२० प्रतिशत बेरुजु रहेको छ ।









