धुलिखेल/शशस्त्र द्वन्द्वका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा कयन घाईते भए । केहि शहिद भए । केहिका परिवार बेपत्ता छन् । घाईते र अपाङ्गता भएका ब्यक्तिहरुलाई राज्यले मासिक खर्च उपलब्ध गराउने गरेको छ । ति मध्ये काभ्रेपलाञ्चोक जिल्लामा १४ जनाले घाईते र अपाङ्गले नियमित रुपमा सामाजिक सुरक्षा बापत रकम पाउँदै आएका छन् ।
राज्यको निर्णयमा सरकारी अनुदान पाउनेहरुमा जयराम घोरसाईने, जितबहादुर राना मगर, भोलाप्रसाद अर्याल, रविका तामाङ, राजेश थापा, रामबहादुर थिङ्ग, लेकबहादुर श्रेष्ठ, विक्रम कपाली, शान्तबहादुर पहरी, सुन्तली थिङ्ग, अनिलकुमार श्रेष्ठ, बृषध्वन तामाङ, शिबबहादुर गौतम र सरस्वती रायमाझी श्रेष्ठ रहेका छन् । सरकारले मासिक रुपमा उपलब्ध गराउने अनुदानमा फरक फरक सुविधा उपलब्ध गराईएको छ ।
घोरसाईनेले बार्षिक ४८ हजार रुपैया प्राप्त गर्नेछन् । त्यस्तै रविका तामाङ, सुन्तली थिङ्ग र सरस्वती रायमाझी श्रेष्ठले बार्षिक ४८ हजार रुपैया पाउँदै आएका छन् । जगतबहादुर, भोलाप्रसाद, राजेश, रामबहादुर, लेखबहादुर, विक्रम, शान्तबहादुर, अनिलकुमार, बृषध्वज, शिवबहादुरले बार्षिक १० हजार ८ सय रुपैया प्राप्त गर्दै आएका छन् । चालु वर्ष प्राप्त सहयोग रकम केहि पहिलो र केहिले दोश्रो किस्ता समेत बुझिसकेका छन् ।







