2026 August 20/ 10:17: 21am

    भक्तपुर/विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रको आयोजनामा विश्व अटिजम सचेतना दिवस २०२५ तथा पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार तथा सम्मान कार्यक्रम अर्थ, उद्योग र बाणिज्य तथा आपुर्ति पुर्व मन्त्री, साहित्यकार, संगीतकार तथा समाजसेवी शंकरप्रसाद कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    संस्थापक अध्यक्ष सविता उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमम अटिजम सचेतना सम्वन्धि पोस्र्टर तथा फेलेक्स प्रर्दशनी तथा विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रमा उत्पादित सामाग्रीहरुको स्टल, बालबालिकाहरुका आर्ट प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार एवंम मेडल वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारीहरुलाई मायाको चिनो तथा खादाबाट सम्मान गरिएको थियो । राष्ट्रिय फोटो पत्रकार संघका बरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार कमला पन्थि, मोटिभेसनल स्पीकर प्रितम पौडेल, लेडिज सर्कल नेपालका रिसा अग्रवाल, सौन्दर्यविद तथा समाजसेवी मञ्जु कार्की पाण्डे, विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रका आजिवन सदस्य अष्ट्रेलिया निवासी प्रतिष्ठा गौतमलाई सम्मान गरिएको थियो । 
    त्यस्तै पवित्रा सिटौला उप्रेती समाज सेवा पुरस्कार तथा सम्मान मामाघर नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष डा. अर्पण पराजुलीलाई प्रदान गरिएको थियो । कदरपत्रद्वारा सल्लाहकार महेश्वर घिमिरे, प्रसन्नराम जोशी र विदेशी पाहुनालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी शंकरप्रसाद कोईराला, संस्थापक अध्यक्ष सविता उप्रेती, अभिभावक विद्या थापा, सम्मानित ब्यक्तित्व डा.अर्पण पराजुलीले स्कुलले पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए । साथै सोहि अवसरमा विभिन्न अवार्ड प्रदान गरिएको थियो । सल्लाहकार अवार्ड प्रसन्नराम जोशी, इन्चार्ज अवार्ड कुवेर उप्रेती, कोअर्डिनेटर सेहना घोरसाईनी, शिक्षक सुप्रभा केसी, अभिभावक पुन्य सिटौला, स्वयंसेवक जागृति तिमल्सिना र विनय बस्याल लगायतलाई प्रदान गरिएको थियो । 
    २०६८ साल चैत्रमा स्थापना भएको उक्त संस्थाले विशेष शिक्षा, स्वास्थ्य सेवा, थेरापीहरु, सीपमुलक तालिम र पुनस्र्थापना लगायतका कार्यहरु गरिरहेको छ भने हालसम्म ६० जना विद्यार्थीहरुलाई सेवा प्रदान गरेको छ । जसमा १६ जना युवा र ४६ जना बालबालिकाहरु रहेका छन् । ३२ जना कर्मचारी कार्यरत छन् । अटिजम कुनै रोग नभई विशेष अवस्था भएकाले त्यसको संरक्षणका लागि निरन्तर अभियभान तथा सचेतना चलाउनु पर्ने सहभागिहरुले बताए ।