2025 March 15/ 11:19: 18pm

    धुलिखेल/१३५ वडा मध्ये धुलिखेल नगरपालिका वडा नम्वर ४ ले नेपाली काँग्रेस काभ्रेबाट प्रतिनिधित्व गर्ने तीन तहकै नेताहरुलाई भेला गराएर एक सय दिने अभियान मनाएको छ । १३५ मध्ये धुलिखेल ४ त्यस्तो वडा बन्यो जसले गुट, उपगुट तथा आमुन्ने सामुन्ने भएका नेताहरुलाई एउटै मञ्चमा राखेर भब्य कार्यक्रम सम्पन्न ग¥यो । 
    काँग्रेसको जिल्ला अधिबेशनबाट अलग अलग बनेको गुट अर्काे अधिबेशनको सम्मुखमा टुटफुट भई अलग अलग बनेको थियो । जसका कारण एक समुह कार्यक्रममा रहेका बखत अर्काे समुह कार्र्यक्रममा नै नजाने अवस्था बनेको थियो । तर धुलिखेल नगरपालिका वडा नम्वर ४ का पार्टी सभापति उत्तम तिमल्सिनाले शनिबार आयोजना गरेको कार्यक्रममा नेताहरुको लर्काे लाग्यो । जहाँ गुट उपगुटका सबै नेताहरु सहभागी थिए । धुलिखेल ४ का सभापति उत्तम तिमल्सिनालाई नेताहरुले भने–‘तपाईले के त्यस्तो गर्नु भयो ? जहाँ नेताहरु सबै ओईरो लागेर कार्यक्रममा सहभागी बने ?’ मान्छे मरेको स्थानमा समवेदना तथा श्रद्धाञ्जली ब्यक्त गर्न जाँदा समेत अलग अलग तर जन्ति गए जसरी जाने काँग्रेसको विभिन्न समुहका नेता कार्यकर्ताहरुलाई समुह अदलबदल बनेको पटक्कै मन परेको छैन । तर आगामी जिल्ला अधिबेशनमा सभापति पद हत्याउने गरी समुहहरु फेरबदल भईरहेका छन् । जसले २०८४ को तीन तहकै निर्वाचनमा प्रभाव पार्नेछ । 
    धुलिखेल ४ को कार्यक्रममा वडा समितिले काँग्रेसमा आबद्ध भई कृयाशिल सदस्यता प्राप्त गरेका दर्जन भन्दा धेरै जेष्ठ नागरिक सम्मान ग¥यो । सभापति समेत रहेका तिमल्सिनाले काँग्रेसको नेतृत्वमा स्थानीय तहमा निर्वाचित वडा मार्फत नागरिकहरुका हरेक दुःखसुखमा सहयात्री बनेर कार्य गरेको बताए । सोहि कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्यत्रय शिबप्रसाद हुमागाई, मधु आचार्य र गणेश लामाको सहभागिता थियो । उनिहरु सहभागी भएको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्वर १ का सभापति दिनेश लामा र २ का सभापति महेश खरेल लगायतका नेताहरु सहभागी हुने गरेका थिए । तर अर्काे समुहका नेताहरु सहभागी हुने गरेका थिएनन् । अर्काे समुहका नेताहरु बागमती प्रदेशका महामन्त्री कन्चनचन्द्र बादे, जिल्ला सभापति तिर्थ लामा लगायतको समहुका नेताहरु सहभागी कार्यक्रममा अर्काे समुह सहभागी भएको थिएन । धुलिखेलकै अन्य वडाहरुमा पनि यो समुहको सहभागिता र सक्रियता थिएन । 
    तर धुलिखेल ४ मा नेता अच्युत पौडेल, उप सभापतिद्वय रमेश हुमागाई र ठाकुरप्रसाद न्यौपाने, क्षेत्रीय सभापति हेम लामा, नगर सभापति बिदुर बस्नेत, धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम,  नेविसंघका जिल्ला सभापति अन्जनराज खतिवडा, जिल्ला सदस्य जितकृष्ण घिनाञ्जु लगायतका नेताहरु सहभागी भए । जिल्ला समितिका अन्य नेताहरु, नगर समिति र वडा समितिका नेताहरु सहभागी कार्यक्रम वडा समिति सचिव अविनेश्वर कार्कीले संचालन गरेका थिए ।