बनेपा/प्रेस चौतारी नेपाल काभ्रे शाखाको आठौं जिल्ला अधिबेशनबाट केदार तिमल्सिनाको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको छ ।
चौतारीको उपाध्यक्षमा सन्तोष चौंलागाँई, महिला उपाध्यक्षमा सविता न्यौपाने, सचिवमा विकास तिमल्सिना, सह–सचिवमा रञ्जित बोहोरा र बुद्धकुमार श्रेष्ठ निर्वाचित भएका छन् भने कोषाध्यक्षमा मणीराम दाहाल निर्वाचित भएका छन् । सदस्यमा अमिता शाह ठकुरी, बालकृष्ण बजगाँई, नवराज ढकाल, लोकबहादुर थापा, अमित न्यौपाने, सिर्जना सापकोटा र जयराज बजगाँई निर्वाचित भएका छन् ।
अधिबेशनको उद्धघाटन नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाले गरेका थिए । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले सञ्चार क्षेत्रले समाजको रुपान्तरणमा ठुलो भूमिका खेलेकको बताए । स्वतन्त्र प्रेस मर्यादाभित्र हुनुपर्नेमा उनले जोड दिएका छन् । प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझीको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, प्रेस चौतारीका पुर्व उपाध्यक्ष विश्वमणी सुबेदी, प्रेस चौतारीका केन्द्रिय सचीव विष्णु तारुके, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, नेपाल पत्रकार महासघंका अध्यक्ष विनोद न्यौपाने, प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस सगंगठनका अध्यक्ष आर के ढकाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कारबाट भुवन रायमाझी र टिपी शर्मा युवा पत्रकारिता पुरस्कारबाट जगतमान बललाई पुरस्कृत गरिएको थियो भने नेपाल पत्रकार महासंघ काभ्रेको निर्वाचित कार्यसमिती र अन्य समितिमा निर्वाचित पदाधिकारी र सदस्यलाई बधाई ज्ञापन गरिएको थियो । कार्यक्रम सञ्चालन सचिब जगत तामाङ्गले गरेका थिए ।









