2026 August 20/ 12:06: 00pm

    धुलिखेल/नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति, काभ्रेपलान्चोकको १२ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अध्यक्ष गायत्रीरमण घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले नागरिकहरुको हितमा गुणस्तरीय र शुसासन सहितको सेवा प्रदान गर्न अनुरोध गरे । कर्मचारीहरुले स्पष्ट विचारमा रहेर सक्रिय हुन तथा नागरिकहरुको सेवामा सम्झौता नगर्न अनुरोध गरे । कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईराला, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, कर्मचारी निकट संगठनका विभिन्न तहका नेताहरु, नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, सचिव राजकुमार सापकोटा, मोर्चा प्रमुख प्रकाश रोक्का तथा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जानुका अधिकारीको स्वागत रहेको थियो । 
    अधिबेशनको बन्द सत्रले पुनः गायत्रीरमण घिमिरेको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पुरुषोत्तम हुमागाई, महिला उपाध्यक्ष सपना ओली, सचिव रामप्रसाद पाण्डे, सह सचिव परशुराम बन्जारा, कोषाध्यक्ष महेन्द्र रावत रहेका छन् । सदस्यहरुमा लिलानाथ सापकोटा, मनिका गुरुङ, पुर्ण बहादुर बुढाथोकी, रमा श्रेष्ठ, अर्जुन ढकाल, सुबास गौतम, नमुना गौतम, प्रतिमा कटुवाल, दिनेश सत्याल,  दिपेन्द्र सिं धामी, सबिता बराल, सुरेश लामा लगायत छन् ।