
बनेपा/१० औं राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति काभ्रे, महिला समिति र युवा समितिको संयुक्त आयोजना तथा श्रृष्टीकान्त लोकेश्वर योग साधना केन्द्रको ब्यवस्थापनमा बनेपा नगरपालिका ४ करुणा माई मन्दिर नजिकै माँ उग्रचण्डी पार्टी भेन्युमा १०८ सुर्य नमस्कारका साथै योग आसन प्रतियोगितामा सहभागिहरुलाई पुरस्कार वितरण गरिएको छ ।
बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यता तथा पतञ्जली योग समिति काभ्रेका अध्यक्ष प्रकाश कायश्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पतञ्जली योग समिति बागमती प्रदेशका अध्यक्ष ग्रुवेन तौजले, आयुर्वेद तथा स्वास्थ्य केन्द्र बनेपाका प्रमुख डा.अर्जुन उपाध्याय, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । महिला समिति अध्यक्ष इन्दिरा तौजलेको स्वागत मन्तब्य रहेको कार्यक्रममा युवा समिति अध्यक्ष रमेश श्रेष्ठले कार्यक्रमका बारेमा प्रकाश पार्दै योग आसन प्रतियोगिताका बारेमा जानकारी गराएका थिए । महामन्त्री श्यामकृष्ण श्रेष्ठको संचालनमा सम्पन्न कार्यक्रममा सहभागिहरुले योगलाई ब्यवहारीक रुपमा सबै नागरिकहरुका लागि अनिवार्य गराउनु पर्ने बताएका थिए ।
प्रतिस्पर्धामा चामुण्डादेवी योग साधना केन्द्रका अनिश श्रेष्ठ प्रथम भए भने सोहि केन्द्रका रितिक श्रेष्ठ दोश्रो भए । पञ्चदेवल योग साधना केन्द्रकी काजल पराजुली तेश्रो भईन् । ४० जना बालबालिकाहरुले योग आसनमा प्रतिस्पर्धा गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी कञ्चनचन्द्र बादेले ब्यक्तिलाई भएको तनाव तथा अस्वस्थलाई स्वस्थ बनाउने र मानसिक रुपमा शान्ति प्रदान गर्ने प्रमुख माध्यम योग रहेको बताए । योगलाई सबैले र सबैको घर घरमा पु¥याउन पतञ्जली योग समितिले खेलेको भूमिका महत्वपूर्ण रहेको उनले बताए । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले विद्यालय तहमा योगलाई अनिवार्य गर्ने गरी आधारभुत तहमा पाठ्यक्रममा योग अनिवार्य गरिए भने ब्यवहारमा ल्याउन कठिनाई भएको बताए । पतञ्जली योग समिति बागमती प्रदेश अध्यक्ष ग्रुवेन तौजलेले काभ्रे जिल्लामा योगको महोत्सव सञ्चालन गर्ने गरी कार्य गरिरहेको बताए । पतञ्जली योग समितिका अध्यक्ष प्रकाश कायश्थले योगमय जिल्ला काभ्रे घोषणा गर्ने गरी कार्यक्रम शुरु गरिए पनि स्थानीय सरकारले आवश्यक पहल गर्न नसकेको बताए ।
कार्यक्रममा पतञ्जली योग समितिका सल्लाहकारहरु, पुर्व अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, वडा अध्यक्षहरु, विभिन्न योग साधना केन्द्रका संयोजक तथा अन्य पदाधिकारी र योग साधक साधिकाहरुको सहभागिता रहेको थियो ।