2026 August 20/ 10:15: 33pm

    बनेपा/नोबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा अन्र्तक्रिया तथा वनभोज कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष मोहनकृष्ण श्रेष्ठले संस्थाको कारोवार, गतिविधि तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराउँदै सदस्यहरुलाई संस्थाप्रति उत्तरदायि बन्न संचालकहरुले गरेका गतिविधिहरुलाई निरन्तर अनुगमन गर्न अनुरोध गरे । 
    कार्यक्रममा संस्थाका ब्यवस्थापक नारायण गोपाल श्रेष्ठले संस्थाको मंसिर मसान्तसम्मको आर्थिक कारोवार तथा प्रगतिका बारेमा जानकारी गराउँदै सदस्यहरुलाई स्वागत गरेका थिए । सह–सचिव प्रमिला चण्डी श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष विजेशकुमार पोटे, सचिव बलराम श्रेष्ठ, कोषाध्यक्ष भिमकृष्ण श्रेष्ठ, सह–कोषाध्यक्ष आशिष कोँजु तथा संचालक सदस्यहरु, लेखा समिति संयोजक बालकृष्ण श्रेष्ठ सहितका सदस्यहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा संस्थाका सल्लाहकार जयराम थापा, पत्रकार लक्ष्मण तिमल्सिना, रमेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो । सहकारी सिद्धान्त र मूल्य, सहकारी संरचना, सदस्यलाई सेवा, सामाजिक उत्तरदायित्व, सहकारीका उद्देश्य, सहकारीले गरिरहेका कार्य, कार्यक्षेत्र, सदस्यता, सदस्यताका लागि योग्यता, सदस्यको काम, कर्तब्य र अधिकार, शेयर पुँजी, बचत संकलन, ऋण प्रवाह र अवस्था लगायतका बारेमा जानकारी गराईएको थियो । २०८१ मसिंर मसान्तसम्म शेयर पुँजी १ करोड ८३ लाख ६० हजार ५ सय, निक्षेप ९ करोड ५० लाख, जगेडा कोष तथा अन्य कोषमा ९९ लाख ५० हजार जम्मा भएको छ । सोहि अवसरमा सामुदायिकतर्फ बनेपामा रहेको हिमालय मावी र संस्थागत तर्फ प्रगति प्रभात एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुका लागि स्टेशनरी उपलब्ध गराईएको थियो ।