चालु वर्षको ५ महिना अर्थात साउन देखि मसिंर मसान्तसम्म काभ्रेपलाञ्चोक जिल्लामा प्राकृतिक विपत्ति, दुर्घटना, हत्या, आत्महत्या लगायतका घटनामा १ सय ५१ जना नागरिक मारिए । जिल्लामा यो अवधीमा ३ सय १ अपराधिक घटना भए । सडक दुर्घटनामा १०, हत्यामा ३, आत्महत्या ५७, प्राकृतिक प्रकोपमा ८१ जना मारिए ।
धुलिखेल/जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको मंसिर महिनाको मासिक प्रगति विवरण अनुसार काभ्रेपलाञ्चोक जिल्लाबाट नागरिकता भन्दा धेरै राहदानी लिने ब्यक्तिहरुको संख्या बढेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकता लिनेहरुसँगै राहदानीको चाप बढेको बताए ।
साउन देखि मंसिर मसान्तसम्म पाँच महिनाको अवधीमा ३३ सय ९० जनाले नयाँ नागरिकता प्राप्त गर्दा ५८ सय ६५ जनाले राहदानीका लागि विवरण भरेका छन् भने ६३ सय ८७ जनाले राहदानी लिएका छन् । बैदेशिक रोजगार, अध्ययन भ्रमण तथा विभिन्न प्रयोजनका लागि राहदानी लिनेहरुको संख्या दिनदिनै बढिरहेको छ । अझै केहि साता राहदानी विवरण भर्ने क्रममा देखिएको समस्याका कारण यो सख्या कम हुन गएको प्रशासनले जानकारी दिएको छ । यो अवधीमा ३६ सय जनाले प्रतिलिपि नागरिकता लिएका छन् । ३१ जनाले परित्याग गरेका छन् । ३२ जनाले आवासीय नागरिकता लिएका छन् । ४ वटा नागरिकता रद्द भएका छन् । राष्ट्रिय परिचयपत्रका लागि ९ हजार ५ सय ५९ जनाले फाराम भरी फोटो खिचाएका छन् । मसिंर महिनामा मात्रै १४ सय ९४ जनाले फोटो खिचाए । ६७ सय ६७ जनाले परिचयपत्रको कार्ड बुझेर लगेका छन् । नाबालक परिचयपत्र ३ सय १६ जनाले लिएका छन् । मसिंरमा ५१ जनाले लिए ।
चालु वर्षको पाँच महिनामा प्रशासन कार्यालयमा ४५ वटा मुद्दा दर्ता भए । ६ वटा फछ्र्याैट भए । मसिंर महिनामा २ वटा दर्ता भए । ३ वटा फछ्र्याैट भए । २१ वटा ठाडो उजुरी मसिंर महिनामा दर्ता भएका थिए । हालसम्म १ सय ९७ वटा उजुरी दर्ता भएका छन् । १ सय ८५ वटा गुनासो तथा ठाडो उजुरी फछ्र्याैट भएका छन् । १६ वटा नयाँ संस्था दर्ता भए । १ सय १० वटा नविकरण भएका छन् । १९ वटा हातहतियार नविकरण भएका छन् । दलित तथा जनजाती परिचयपत्र ८५ वटा जारी भएका छन् । कारागार निरिक्षण, सरकारी कार्यालय अनुगमन, सुरक्षा निकाय अन्र्तगत प्रहरी चौकी निरीक्षण, विकास आयोजना अनुगमन, संघ संस्था अनुगमन भईरहेका छन् । त्यस्तै जिल्ला सुरक्षा समिति बैठक, जिल्ला विपद् ब्यवस्थापन समिति बैठक, कार्यालय प्रमुख तथा कर्मचारीहरुको बैठक, सुचना अधिकारीहरुको बैठक, जग्गा प्राप्ति, मुआब्जा तथा सहजीकरण सम्वन्धी बैठक, राशन तथा अनुदान सम्वन्धी बैठक, स्थानीय तहसँग सम्वन्ध तथा अन्र्तक्रिया, अन्य विविध बैठकहरु पनि नियमित भईरहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं सुचना अधिकारी सुबास पौडेलका अनुसार द्वन्द्व, शहिद परिवार लगायतलाई राज्यका तर्फबाट मसिंर मसान्तसम्म ७६ लाख ८० हजार १ सय ४ रुपैया वितरण गरिएको छ भने विपदमा परेकाहरुलाई २ करोड ३५ लाख ८५ हजार राहत वितरण गरिएको छ । यो अवधीमा प्रशासन कार्यालयमा विभिन्न शिर्षकमा ७ करोड २२ लाख २२ हजार ७ सय रुपैया राजश्व संकलन भएको छ । जिल्लामा यो अवधीमा ३ सय १ वटा अपराधिक घटना भएका छन् । २ सय ५२ जना अभियुक्त पक्राउ परेका छन् । १० जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । ७८ जना सडक दुर्घटनामा घाईते भएका छन् । ३ जनाको हत्या भएको छ । ५७ जनाले आत्महत्या गरेका छन् । प्राकृतिक प्रकोपका ४९ वटा घटना भएका छन् । ८१ जनाले प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएका छन् । ९७ जना घाईते भएका छन् । लागु औषध सम्वन्धी २ वटा मुद्दा दर्ता भएका छन् । ४ जना पक्राउ परेका छन् । विभिन्न थरी लागु औषध बरामद भएको छ । १ सय ३ जना विशिष ब्यक्तिहरुको आगमन भएको छ ।
३ सय ७ पटक बजार अनुगमन भएको छ । ४ वटा फर्म जरिवनामा परेका छन् । ४५ हजार जरिवना गराईएको छ । १ सय २८ फर्मबाट सामान जफत गरिएको छ । उक्त सामानहरुबाट ६ लाख ६२ हजार रुपैया क्षति भएको छ ।









