जिल्लामा २८.९४ प्रतिशत परिवार अति उच्च गुणस्तरयुक्त आवासीय एकाईमा बसोबास गरिरहेका छन् । पालिका अनुसार अति उच्च गुणस्तरयुक्त आवासयी एकाईमा सबैभन्दा धेरै बनेपा नगरपालिकामा ६२.७३ प्रतिशत र सबैभन्दा कम माहाभारत गाउँपालिकामा ०.२५ प्रतिशत परिवार बसोवास गरेका छन् । अति न्यून गुणस्तरयुक्त आवासीय एकाईमा बसोवास गर्ने परिवार सबैभन्दा बढी भुम्लु गाउँपालिकामा ०.०९ प्रतिशत र सबैभन्दा कम चौरीदेउराली गाउँपालिका, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा शुन्य (०) परिवार छन् ।
धुलिखेल/राष्ट्रिय जनगणना २०७८ मा परिवारले बसोवास गरेका घरको आकार, बनोट र संरचना, उपलब्ध सेवा सुविधाका बारेमा परिवारकको न्यूनतम जीवनस्तर कायम गरेको तथ्यांक सार्वजनिक भएको छ । भुकम्प पछि जिल्लाका अधिकांश पालिकामा नयाँ आवास निर्माण भएका छन् । तर आवाससँगै निर्माण गरिनु पर्ने थुप्रै संरचना अझै निर्माण हुन सकेका छैनन् ।
अधिकांशले राज्यले उपलब्ध गराउने तीन लाख अनुदान प्राप्त गर्न ३० लाखसम्म ऋण गरेको बताएका थिए । तर पनि पर्याप्त संरचना निर्माण नहुँदा जिल्लाका नागरिकहरुले प्रयोग गर्ने आवास अझै गुणस्तर हुन सकेका छैनन् । सुधारिएको पिउने पानी, आधुनिक शौचालय र सुधारिएको उर्जा आदिका हिसाबले परिवारको न्यूनतम जीवनस्तर कायम गर्न उक्त घर उपलब्ध सुविधाहरु पर्याप्त भए नभएको अवस्थाको संकलन गरिएका विवरणका आधारमा मापन गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लामा २८.९४ प्रतिशत परिवार अति उच्च गुणस्तरयुक्त आवासीय एकाईमा बसोबास गर्ने गरेको तथ्यांकले देखाएको छ । काभ्रेपलाञ्चोक जिल्लामा मध्यम गुणस्तरयुक्त आवासीय एकाईमा बसोबास गर्ने परिवार सबैभन्दा धेरै ३९.५७ प्रतिशत रहको छ भने सामान्य गुणस्तरयुक्त आवासीय एकाईमा बसोबास गर्ने परिवार २९.३ प्रतिशत रहेको देखिन्छ । न्यून गुणस्तरयुक्त र अति न्यून गुणस्तरयुक्त आवासीय एकाईमा बसोबास गर्ने परिवार क्रमश ः २.१८ र ०.०४ प्रतिशत रहेको छ ।
पालिका अनुसार अति उच्च गुणस्तरयुक्त आवासीय एकाईमा सबैभन्दा धेरै बनेपा नगरपालिकामा ६२.७३ प्रतिशत र सवैभन्दा कम महाभारत गाउँपालिकामा ०.२५ प्रतिशत परिवार बसोवास गरेका छन् । अति न्यून गुणस्तरयुक्त आवासीय एकाईमा बसोवास गर्ने परिवार सबैभन्दा बढी भुम्लु गाउँपालिकामा ०.०९ प्रतिशत र सवैभन्दा कम चौरीदेउराली गाउँपालिका, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिकामा शुन्य (०) परिवार छन् । जिल्ला तथा पालिका अनुसार परिवारले प्रयोग गरेको घरको गुणस्तरीयता वर्गिकरण यस्तो छ ।









