2026 August 22/ 08:51: 32am

    बनेपा/बनेपामा रहेको शिर मेमोरियल अस्पतालले अक्टोवर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाका रुपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । 
    कार्यक्रमको पहिलो दिन बनेपा नगर परिक्रमा गरी ¥याली आयोजना गरेको थियो । नेपाल क्यान्सर रोग निवारण संस्थाको सहकार्यमा अस्पतालले असोज २१ गते अक्टोबर ७ का दिन स्तन क्यान्सर सम्बन्धी सचेतना जगाउने उद्देश्यले बृहत ¥याली आयोजना गरेको थियो । उक्त कार्यक्रमले समुदाय स्तरमा नागरिकहरुलाई स्तन क्यान्सरका बारेमा सचेतना जगाउन मद्दत पुगेको थियो । विश्वव्यापी रुपमा अक्टोबर महिनालाई स्तन क्यान्सर जागरुकता महिनाको रुपमा मनाउँदै आएको सन्दर्भमा जन–समुदायप्रति स्तन क्यान्सर सम्बन्धि रोगको पहिचान र हेरचाह गर्नको लागि जानकारीमुलक सन्देश प्रवाह गरेको थियो भने  रोग लागिसकेका व्यक्तिहरुलाई समाजमा स–सम्मान जीवनयापन गर्न समेत हौसला प्रदान गर्न सहयोग पुग्ने विश्वास लिएको छ । 
स्तन क्यान्सरको रोकथाम गर्नु तथा रोग लागि सके पछि समयमै उपचार गरी साधारण अवस्थामा जीवनयापन गर्न उत्प्रेरणा प्रदान गर्नु मुख्य उद्देश्य रहेको अस्पतालले जानकारी दिएको छ । जनसमुदाय समर्पित कार्यक्रम हरेक व्यक्ति तथा संघ—संस्थाहरुलाई स्व–स्फूर्त रुपमा सहभागि भई सचेतनाका लागि अस्पतालले अनुरोध गरेको छ । प्रभातफेरी कार्यक्रम शीर मेमोरियल एड्भेन्टिष्ट अस्पताल–भिमसेन थान–नर्सिङ कलेज–गण्ेशस्थान– तिनधारा—दक्षुटोल— लायाकु—कोलाटोल–चैतन्य स्कुल–सरस्वती स्कुल हुँदै परिवार नियोजन चोकमा सभाका रुपमा बिसर्जन भएको थियो । विभिन्न स्थानहरुमा जुम्बा लगायत अन्य नाचगानका झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । 
    अभियान स्वरुप स्तन क्यान्सर सम्बन्धी सचेतना फैलाउन टिकटक प्रतियोगिता आयोजना गरिएको थियो । सोहि प्रतियोगितामा सहभागि भई बिजेता भएकाहरुलाई पुरस्कृत गरिएको थियो । अर्काे कार्यक्रम सोहि दिन टिसर्ट लगाई भिडियो बनाइ टिकटकमा र फेसबुकमा केहि ह्यासटयाग राखी अपलोड गरी अस्पतालको फेसबुक पेजमा मेन्सन गर्ने र उत्कृष्ट फेसबुकमा भिडियो बनाउने प्रथम बिजेतालाई नगद ७ हजार, दोस्रो बिजेतालाई ३ हजार र उत्कृष्ट टिकटक बिजेतालाई नगद ५ हजार उपलब्ध गराईएको छ । हिरा राना श्रेष्ठ उत्कृष्ट भई पुरस्कृत हुनु भएको थियो ।