धुलिखेल/जिल्ला अदालत काभ्रेपलाञ्चोकको तथ्याङ्कमा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका मुद्दाहरुमा बादी भएका ३१, प्रतिवादी भएका ५१ र बालिग मिश्रित मुद्दामा ४८ गरी १ सय ३० जना बालबालिका जोडिएका छन् ।
सूचना अधिकारी एवं अधिकृत हिराकुमारी भण्डारीका अनुसार देवानीतर्फ वादी ३, प्रतिवादी १६ र बालिग मिश्रित ३६ गरी ५५ बालबालिका संलग्न भएका छन् । दुनियाँवादी फौजदारीतर्फ प्रतिवादी २, बालिग मिश्रित ९ गरी ११ जना संलग्न भएका छन् । सरकारवादी फौजदारीमा २८ वादी, ३३ प्रतिवादी र बालिग मिश्रित ३ गरी ६४ जना संलग्न भएका छन् । ७८ जना संलग्न मुद्दाको फैसला भए पनि ५२ वटा अझै फैसला हुन बाँकी छन् ।
त्यस्तै पीडित महिला र जेष्ठ नागरिक सम्मिलित मुद्दाहरुमा २ हजार ३ सय ७ वटा मुद्दामा ९४ जना महिला पीडित र २२ जना महिला अभियुक्त छन् । १ सय ६५ वटा जेष्ठ नागरिक सम्मिलित मुद्दामा १५ जना पीडित र १२ जना अभियुक्त छन् । जेष्ठ नागरिक र महिला १ सय ९ जना पीडित र ३४ जना अभियुक्त छन् ।









