६ घटनामा १० पक्राउ
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा विद्युत ट्रान्सफरमरमा रहेको तामाको तार चोरी गर्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा प्रयोग भएका विभिन्न सामाग्री सहित तामाको तार समेत बरामद गरेको बताएको छ । २०८१ असार र साउन महिनामा मात्रै जिल्लाका विभिन्न स्थानामा विद्युतका ट्रान्सफरमर फुटाएर तार चोरी हुँदै आएको छ ।
मोटरसाईकल पछि चोरहरुको मुख्य निशाना विद्युत्तका ट्रान्सफरमरहरु पर्न थालेको घटनाले देखाएको छ । असार र साउन महिनामा भएका ६ वटा घटनामा संलग्नहरु पक्राउ परेको सूचना अधिकारी एवं प्रहरी प्रवक्ता डिएस्पी राजकुमार श्रेष्ठले जानकारी दिए । ६ वटा चोरीका घटनामा १० जना संलग्न भएको अनुसन्धानले देखाएको छ । उनिहरु सबै एउटै समुहमा सक्रिय थिए । ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा संलग्न ७ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले प्रारम्भिक असुन्धानबाट चोरी गरेका तामाका तारहरु भक्तपुर जिल्लाका विभिन्न कवाडी पसलमा लगि बेची कवाडी धनिले दिएको रकम दामासहिले बाँडने गरेको खुलेको छ । इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी वृत जगाती भक्तपुरको संयुक्त टोलीद्दारा गिरोहमा संलग्न थप ३ जनालाई कानुन बमोजिम नियन्त्रणमा लिई विभीन्न कवाडी खानाहरु समेत खानतलासी गरी प्रमाणमा लाग्ने चिज वस्तुहरु वरामद गरिएको थियो ।
अनुसन्धानको क्रममा कवाडी धनीले कवाडीका सामान लिन जाने निहँुले विभीन्न स्थानहरुमा पुगी त्यस्तो ट्रासफर्मर रहेको एकिन गरे पश्चात उक्त समुहका मुख्य व्यक्तिलाई खवर गर्ने र निजले गाडी समेतको व्यवस्था गरी रात्रिकालिन समयमा पुर्व योजना मुताविक ट्रासफर्मर निकाली सो भित्र रहेको तामाको तारलाई झिकि चोरी गरी गाडीमा राखी भक्तपुर स्थित विभीन्न कवाडी पसलहरुमा पु¥याई बिक्रि गरी प्राप्त रकम भागबन्डा गर्ने गरेको खुलेको हो । प्रहरीले उक्त घटनामा संलग्नहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ । प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्नहरुको खोजी भईरहेको बताईन् । बनेपा ६ लगायतका स्थानमा भएको चोरीमा संलग्नहरुको खोजी भईरहेको छ ।
घटना १
२०८१ असार ७ गते राती १ बजेको समयम भुम्लु गाउँपालिका ९ मेलडाँडामा रहेको एनसिएलको टावरमा रहेको कम्पाउण्डको ताल्चा फोरी कम्पाउण्ड भित्र रहेको २५ केभिएको ट्रान्स वएलको ट्रान्सफर्मर फुटाई भित्र रहेको तिन लाख मुल्य बराबरको तामाको तार र ग्राउण्ड केवल ४० मिटरको ३ हजार बराबरको तार चोरी भएको थियो । उक्त घटनामा जगन्नाथ बस्नेत, कुमार बिक, सन्तोष बिक, राजेश बिक, बिष्णु बिशुंखे र दिकुल खत्री संलग्न रहेको स्विकार गरेका छन् ।
घटना २
२०८१ असार १६ गते राति तेमाल गाउँपालिका ५ मनकुलबेसि स्थित नेवारपांखा र छापडांडा गाँउलाई खानेपानी उपभोगको लागि जडान गरि राखेको २५ केभिए क्षमताको ट्रान्समिटर फुटाइ ट्रान्समिटर भित्र रहेको तामाको धातु चोरी गरी लगेका थिए । उक्त घटनामा जगन्नाथ बस्नेत, राजेश बिक, बिष्णु बिशुंखे, दिकुल खत्री, प्रबिण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न रहेका थिए ।
घटना ३
२०८१ असार २४ राति नमोबुद्ध नगरपालिका ६ स्थित राखिएको नमोबुद्ध बृहत खानेपानी आयोजनाको ट्रान्सफर्मरको, ५० केभिए ट्रान्सफर्मर भित्र रहेको तामाको तार चोरी भएको थियो । उक्त घटनामा जगन्नाथ बस्नेत, राजेश बिक, बिष्णु बिशुंखे, दिकुल खत्री, प्रबिण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न थिए ।
घटना ४
२०८१ साउन ७ गते बिहानको राति २ बजे अघि नमोबुद्ध ५ साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधिन कार्यालय भवनको कम्पाउण्ड भित्र राखेको ५० केभिए क्षमताको ३ (तीन) वटा बिद्युतको ट्रान्सफर्मर फुटाई सो भित्र रहेको तामाको तार चोरी लगेका थिए । सोहि घटनामा जगन्नाथ बस्नेत, बिष्णु बिशुंखे, दिकुल खत्री, प्रबिण बस्नेत, सुनिल ढकाल, प्रेम मिजार र प्रल्हाद बस्नेत संलग्न रहेका छन् ।
घटना ५
२०८१ साउन ११ गते मण्डनदेउपुर नगरपालिका ९ रानिटार स्थित मेलम्ची जाने भित्रि सडक खण्डमा रानीटार सिचांई आयोजनाको लागि राखिएको ५० केभिए क्षमता बराबरको ट्रान्सफर्मर फुटाएर भित्र रहेको ८० केजी बराबरको तामाको तार चोरी गरेका थिए । उक्त घटना पनि सोहि समुहले गराएको थियो ।
घटना ६
२०८१ साउन १८ गते मण्डनदेउपुर नगरपालिका ७ सोते स्थित सिचाई क्रसर र खानेपानीको लागि राखिएको १ सय ५० केभिएको विद्युतीय ट्रान्समिटर चोरी भएको थियो । चोरी गरेका सामानहरु बा १ ज ७८३४ नम्वरको माईक्रो भ्यानको प्रयोग गरी भक्तपुर जिल्लाका विभीन्न कवाडी पसलमा लगि बेच्ने गरेको तथ्य खुलेको छ ।









