धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा विनियोजित बजेटको ९३.४३ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०८०/२०८१ का लागि विनियोजित बजेट मध्ये चालु तर्फको ९३.५० र पुँजीगत तर्फको ९३.१७ प्रतिशत खर्च भएको हो ।
मुलुकभर विकास बजेट कम खर्च भएको तथ्यांक सार्वजनिक भईरहँदा काभ्रेपलाञ्चोक जिल्लामा अधिकतम खर्च भएको तथ्यांक सार्वजनिक भएको छ । संघीय सरकारले चालु तर्फ १० अर्ब ७ करोड, ६ लाख ६९ हजार ३ सय १४ रुपैया विनियोजन गरेको थियो भने पुँजीगत तर्फ २ अर्ब ६३ करोड ४९ लाख ७२ हजार २ सय १० रुपैया विनियोजन भएको थियो । विनियोजन भएको मध्ये चालु तर्फ ९ अर्ब ४१ करोड ५९ लाख ४४ हजार ४ सय ३२ र पुँजीगत तर्फ २ अर्ब ४५ करोड ४९ लाख ५० हजार ६ सय ३३ निकासा भएको थियो । जिल्लामा कुल ११ अर्ब ८७ करोड ८ लाख ९४ हजार ६ सय ५८ रुपैयाँ खर्च भएको छ । ८३ करोड ४७ लाख ४६ हजार ८ सय ६५ रुपैयाँ खर्च हुन बाँकी छ ।









