2026 August 30/ 03:49: 43pm

    बनेपा/आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बनेपा काभ्रे तथा विभिन्न पालिकामा रहेका आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्र मार्फत प्रदान गरिएको आयुर्वेद सेवा प्रभावकारी र विश्वासिलो भएको सेवाग्राहीहरुले बताएका छन् । 
    बनेपामा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, धुलिखेल, बालुवा, दाप्चा, मंगलटारमा आयुर्वेद औषधालय मार्फत सेवा प्रदान गरिरहेको छ । त्यस्तै पनौती, मण्डनदेउपुर, भुम्लु र बेथान्चोकमा नागरिक आरोग्य केन्द्र मार्फत सेवा प्रदान भईरहेको छ । आयुर्वेद चिकित्सालय बनेपाले उपचारात्मक सेवा अन्र्तगत बिरामी परीक्षण सेवा, ओपिडी, पञ्चकर्म, पूर्वकर्म, क्षारसूत्र, अक्यूपञ्चर, फिजियोथेरापी, वर्ष भरी नै २५ किसिमका निःशुल्क औषधि वितरण, पथ्यापथ्यनिर्देश, थेराप्युटिक योग, प्रयोगशाला परीक्षण गर्दै आएको छ । त्यस्तै प्रवर्धनात्मक सेवा अन्र्तगत जेष्ठ नागरिक सेवा, स्तनपायी आमालाई दुग्धवर्धक औषधि वितरण कार्यक्रम, योगासन, प्राणायाम, ध्यान, पञ्चकर्म अन्र्तगतका स्नेहन, स्वेदन, एकाङ्ग, सर्वाङ्ग गराउँदै आएको चिकित्सालय प्रमुख डा.वशंवदा कौण्डिन्यायनीले बताईन् । ७७ जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्र अर्थात संशोधित नाम आयुर्वेद तथा बैकल्पिक चिकित्सालय स्थानीय संरचनामा ३ सय ८० भन्दा धेरै स्थानमा औषधालयका रुपमा कार्यरत छन् । 
    चिकित्सालयले पथ्याहार कार्यक्रम, जिल्लाका संचारकर्मीहरुसँग आयुर्वेद सेवाका बारेमा अन्तत्र्रिmया, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, नागरिक आरोग्य सेवा अभियान संचालन गरिरहेको छ । समुदायमा फैलिरहेको तर नसर्ने रोगहरु आमवात जस्ता वातव्याधि, मधुमेह, उच्च रक्तचाप, दम जस्ता श्वासप्रश्वास सम्बन्धी विकार, मृगौला रोग, स्थौल्य वा मोटोपन, स्त्रीरोगहरुको उपचार गर्दै आएको चिकित्सालय प्रमुख डा.वशंवदा कौण्डिन्यायनीले बताईन् । आयुर्वेद चिकित्सामा सेवाग्राहीहरुको चाप रहेका अम्लपित्त(ग्याँस्ट्रिक), आमवात, वातव्याधि, श्वशनविकार, स्त्रीरोग, बालरोग, प्रमेह÷मधुमेह, त्वकविकार(छाला रोग), वातरक्त, अर्श लगायतका रोगहरु हुन् । 
    चालु आर्थिक वर्षमा चिकित्सालयको तर्फबाट मातृशिशु सुरक्षार्थ स्तनपायी आमाहरुका लागि दुग्धबद्र्धक औषधि वितरण पनौती ४ टौखाल स्वास्थ्य चौकीबाट बर्षभरी नै वितरण गरिएको छ । स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्बन्धी सचेतना, आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम, तनाव ब्यवस्थापन कार्यक्रम, पथ्याहार कार्यक्रम, आयुर्वेद कर्नर स्थापना, ट्राफिक प्रहरीलाई नस्य कार्यक्रम, कैदीबन्दीलाई तनाव ब्यवस्थापनका लागि योगाभ्यास तथा मनोपरामर्श, मेला महोत्सवमा आयुर्वेद जडीबुटी प्रदर्शनी, स्वस्थ जीवन प्रवद्र्धन, कर्मचारीहरुलाई योगाभ्यास पुनर्ताजगी तालिम, विद्यालय आयुर्वेद तथा योगशिक्षा, होमस्टे होटल तथा रिसोर्टका संचालकहरुका लागि योग र पुर्वकर्म अभिुमुखिकरण, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, आयुर्वेद स्वास्थ्यकर्मी मार्फत जीवनशैली परिवर्तन लगायतका कार्यक्रम सम्पन्न भएका छन् । आयुर्वेदलाई जीवन पद्दति बनाउन आहार विहारमा ध्यान दिनुपर्ने चिकित्सालय प्रमुख डा.वशंवदा कौण्डिन्यायनीले बताईन् । कोभिड १९ पछि आम नागरिकहरुमा आयुर्वेदको प्रयोग र सेवा लिन आउनेहरु प्रतिको सचेतना बढिरहेको देखिन्छ ।