2026 August 30/ 04:46: 48pm

    बनेपा/नेपाली काँग्रेस काभ्रेमा ध्रुवीकरण शुरु भएको छ । वैचारिक राजनीतिक समुहका नेताहरु र गैह् राजनीतिक समुहको झुण्ड बीच ध्रुविकरण भएको नेताहरुले बताएका छन् । नेपाली काँग्रेसको सदस्यता सहितको चिकर्टाे लिएर विभिन्न अपराधिक समुहमा सक्रिय भई राजनीतिमा प्रवेश गरी सक्रिय भएकाहरुलाई ध्रुविकरणले धक्का दिएको छ । अहिले काभ्रेबाट काँग्रेसमा निर्वाचित दुई केन्द्रिय सदस्य मधु आचार्य र गणेश लामा, मनोनित शिवप्रसाद हुमागाई छन् । 
    नेपाली काँग्रेस काभ्रेका पूर्व पार्टी सभापतिहरु शिवप्रसाद हुमागाई र मधुप्रसाद आचार्य बीच पुनर्मिलनको प्रयास गरिएको छ । दुई नेता बीचको बेमेलले काभ्रे काँग्रेस कमजोर बनेको निश्कर्ष सहित दुवै तर्फका नेता तथा कार्यकर्ताहरुले हुमागाई र आचार्य बीचको मिलनको प्रयास गराएका हुन् । उनिहरु दुवैलाई विगतका तिता मिठा घटना विर्सदै नयाँ शिराबाट पार्टीलाई अघि बढाउन सहमत गराउन विशेष भूमिका आचार्य निकट तरुण दलका केन्द्रिय सदस्य समेत रहेका युवा नेता रोशन पाण्डे सहितले खेलिरहेका थिए । हुमागाई समुहका दिपेन्द्र पौडेल लगायतका युवा नेताहरुले देखिने गरी दुबै नेताको मिलनले मात्रै काभ्रे काँग्रेस बलियो बन्ने तर्क प्रस्तुत गर्दै दबाब बढाएका थिए । दोश्रो पुस्ताका नेताहरुको प्रयासमा आचार्य र हुमागाई लगायतका नेताहरुको एकता शुरु भएको युवा नेता मछिन्द्र लामाले सामाजिक सञ्जालमा लेखेका छन् । 
    केहि नेताहरु सँगै बसेको तस्विर सार्वजनिक भए लगत्तै कार्यकर्ताहरुमा उत्साह देखाउँदै कमेन्ट र स्टाटसहरु पोस्ट गर्न थालिएका छन् । अधिकांशले विगतको जस्तै गतिविधी दोहो¥याउने भए त्यस्तो एकता नगर्न सुझाव दिएका छन् भने अधिकांशले जिल्लाबाट केन्द्रिय सदस्यद्वय मधुप्रसाद आचार्य, गणेश लामा र प्रतिनिधि सभा क्षेत्र नम्वर २ का सभापति समेत रहेका महेश खरेललाई गरिएको कारवाही सिफारिस फिर्ता लिन भनेका छन् । केन्द्रिय स्तरको अनुशासन समितिको आगामी महिना बस्ने बैठकले २०७९ मा भएको निर्वाचनका आधारमा विभिन्न जिल्लाबाट पार्टी नेता तथा कार्यकर्ताहरुलाई गरिएको कारवाही स्वत ः खारेज गर्ने तयारी गरेको छ । त्यतिबेला पार्टीले विभिन्न पार्टीसँग गरेको गठवन्धन, गठवन्धन चित्त नबुझेका कारण नेता तथा कार्यकर्ताहरुले गरेको विद्रोहलाई कारवाही गर्नु हुन्न भन्ने कोणबाट अनुशासन समितिमा भएका छलफलहरु निश्कर्ष उन्मुख छन् । 
    काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनमा अन्र्तघात गरिएका कारण पूर्व सभापति समेत रहेका शिवप्रसाद हुमागाई पराजय भएको निश्कर्ष निकाल्दै काँग्रेस काभ्रेले तीन नेतालाई कारवाहीको सिफारिस गर्दै प्रदेश महामान्त्री कञ्चनचन्द्र बादेलाई सचेत गराउने निर्णय गरेको थियो । केहि नेताहरुले पार्टी कार्यालयमा राखिएका नेताहरुको तस्विरमा पोत्ने कार्य गरेका थिए । काँग्रेस काभ्रेको कार्यालय मधु आचार्य सभापति भएका बखत निर्माण भएको हो । शिव हुमागाईको कार्यकालमा जग्गा खरिद गरिएको थियो । महेश खरेलले बुबा राजेन्द्र खरेलका नाममा तल्ला नै निर्माण गरिदिएका छन् । बैचारिक रुपले पंचायतकाल देखि शशक्त रुपमा काँग्रेसमा सक्रिय भएकाहरुलाई पाखा लगाउँदै अपराधका कर्महरु लुकाउन काँग्रेसको सदस्यताको चिर्कटो बोकेर पार्टी नै निल्न खोजे पछि नेताहरुको होश खुलेको हो । अझ सबै भातृ संगठनहरु समेत कब्जा गरी ग्रैह् राजनीतिक झुण्डहरुको भर्ति केन्द्र बनाए पछि नेताहरु झस्याङ्ग भएका हुन् । 
    सोहि समुहले नेताहरुको तेजोबोध गर्दै अपराधिक कृयाकलापमा संलग्नहरुलाई च्याप्ने, संरक्षण गर्ने र त्यहि आडमा विभिन्न गतिविधिहरु गर्दै पार्टी कब्जाको रणनीति बनाए पछि बैचारिक पृष्ठभूमिका सबै नेताहरु एकातर्फ जोडिन बाध्य भएका हुन् । नेताद्वय आचार्य र हुमागाई समुहलाई एकै स्थानमा ल्याउन सक्रिय पाण्डे तथा पौडेलहरुको समुहले हरेक मोर्चामा नेपाली काँग्रेसले पराजय ब्यहोर्नु परेको निश्कर्ष सहित आगामी पार्टीको जिल्ला, नगर, वडा तहका अधिबेशन तथा संसदीय फाँटहरुमा काँग्रेसका उम्मेदवार विजयी गराउन, पार्टी कार्यकर्ताहरुको संरक्षण गर्न, बैचारिक रुपमा पार्टी र भातृ संगठनहरुलाई सशक्त बनाउन काभ्रे काँग्रेसमा ध्रुविकरण शुरु भएको बताउन थालेका छन् । यो ध्रुविकरणमा बैचारिक भनिएका काँग्रेस नेता तथा कार्यकर्ताहरु एक समुहमा उभिने भएका छन् भने काँग्रेसको सदस्य लिएका, पद पनि ओगटेका तर गैह् राजनीतिक झुण्डहरुको समुह अलग हुने भएको छ । जसलाई काँग्रेसको सदस्य भएको चिर्कटो मात्रै आवश्यक थियो । त्यहि चिर्कटोका आधारमा पृष्ठभुमिलाई ब्यवसायीकरण गर्न सहज बनाई रहेको वैचारिक समुहका नेताहरुको निश्कर्ष छ ।
    हुमागाई समुहका अधिकांश नेताहरु आचार्य समुहमा विलिन हुन र आचार्य समुहका अधिकांश नेताहरु हुमागाई समुहमा विलिन भई एक समुह बनाउन तयार देखिएका छन् । तर पनि पार्टी भित्र हुमागाई समुह, आचार्य समुह र बादे समुह रहिरहने आशंका गरिएको छ । अर्काे समुहलाई पाखा लगाउन यी तिनै समुह एक हुन सक्ने आंकलन गरिएको छ । हुमागाईलाई हरेक राजनीतिक घटनाक्रममा साथ दिदै आएका दिनेश लामा, प्रदेश क्षेत्रका सभापतिहरु, कुन्साङ लामा लगायत एकातिर छन् । हुमागाई र आचार्य समुहको सक्रियले जिल्ला नेतृत्व धरासयी बनेको विश्लेषण गरिएको छ । आगामी राजनीतिक यात्रा ध्वस्त हुने डरले हुमागाई समुहलाई आचार्य समुहसँग मिल्न नदिन अनेक तिकडम शुरु गरिएको छ । तर पनि यो पटक विगतका सबै गल्तिहरु प्रायश्चित गर्दै हुमागाई र आचार्य समुहका दोश्रो पुस्ताका नेताहरु एक हुने कुरामा बाचा गरेर सक्रिय भएका छन् । हेरौं आगामी दिन पार्टीको जिल्ला अधिबेशन, संसदिय निर्वाचनहरुमा काँग्रेसका नेताहरुको भूमिका कस्तो देखिन्छ ? 
    २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी लगायतका दलहरु एक्ला एक्लै प्रतिस्पर्धामा थिए । एमालेले ७ वटा पालिकामा बहुमत सहित विजयी हासिल गरेको थियो । नेपाली काँग्रेसले ४ वटा पालिकामा विजयी हासिल गरेको थियो । माओवादीले २ वटा पालिकामा जित हासिल गरेको थियो । ससंदिय निर्वाचनमा नेपाली काँग्रेस एमाले र माओवादीको गठवन्धनका कारण संघ र प्रदेशका सबै सिटहरुमा पराजय भएको थियो । २०७९ सालमा नेपाली काँग्रेसले गठवन्धन गरेका कारण सबै उम्मेदवारहरु विजयी भए । धुलिखेलमा प्रमुख सहित बहुमत र अन्य केहि पालिकामा उपप्रमुख सहित बहुमत पदमा एमालेको उम्मेदवार विजयी भए । गठवन्धन हुँदा पनि मतका हिसावले एमाले पहिलो पार्टी बन्यो । संसदिय निर्वाचनमा एमालेलाई पराजय गर्न देशभर भएको गठवन्धनका बाबजुत पनि एमाले समानुपातिकमा पहिलो पार्टी बन्यो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा विजयी भयो । त्यहि पराजय पछि शुरु भएको काँग्रेस भित्रको थप गाँड कोराकोर आगामी २०८४ का लागि विजयी हुने लक्ष्यका साथ मिल्न बाध्य भएको हो ।