चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाकै सबैभन्दा पुरानो विद्यालय श्री देउराली माध्यमिक विद्यालयले विविध कार्यक्रम सहित ७५ औं (हीरक) स्थापना जयन्ती मनाएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण खरेलको सभापतित्व रहेको थियो भने चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो । ब्यबस्थापन समितिका अध्यक्ष खरेलले धेरै दुःखले अग्रजहरुले उक्त विद्यालयको स्थापना गरेको निरन्तरता दिँदै आएको बताए । विद्यालयको भवन निमार्णमा सम्पुर्ण तत्कालिन गाविसका अभिभावकहरुको परिश्रम रहेको, भौतिकसँगै शिक्षामा शिक्षकहरुले अहोरात्र खटी सेवा प्रदान गरेको बताए । विद्यालयले शैक्षिक सुधारका लागि थप योजना बनाएको खरेलले बताए । कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक कमान पहरीले राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौंलागाईले विद्यालयहरु भौतिक रुपमा सुविधा सम्पन्न बनेको बताइन् । तर बसाईसराईका कारण कतिपय विद्यालयमा विद्यार्थी नै नहुने अवस्थामा पुगेको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् ।
पुर्वाधार निर्माण, खानेपानी, सरसफाई तथा स्वच्छताको क्षेत्रमा पालिकाका विद्यालयमा उल्लेख्य प्रगती भएको उनको भनाई थियो । शहरी क्षेत्रका महंगो विद्यालयको भन्दा राम्रो शिक्षा गाउँका सामुदायिक विद्यालयले प्रदान गरिरहेको अध्यक्ष चौंलागाँईले बताइन् । पालिकाकाले पालिका भित्र रहेका सम्पुर्ण विद्यालयको शिक्षा सुधारका लागी विशेष अभियान चलाईने बताईन् । गाउँमा गरिब तथा दलित, सीमान्तकृत र शहर जान नसक्ने परिवारका मात्रै विद्यार्थी रहेकाले भएका विद्यालयलाई कसरी जागाउने सबैको दायित्व रहेको चौलागाईले बताईन् । कार्यक्रममा चौरीदेउराली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानदास लामा, शिक्षा शाखा प्रमुख काली प्रसाद पाण्डे, चौरीदेउराली गाउँपालिका वडा नंम्बर । ८ का वडा अध्यक्ष धन बहादुर तामाङ, ९ का वडा अध्यक्ष रामबहादुर लामा, नेकपा एमाले चौरिदेउराली गाउँपालिका कमिटी अध्यक्ष बलराम ढुंगाना, माओवादी केन्द्रका अध्यक्ष तेज पन्त, तत्कालिन विर्तादेउराली गाँउपालिका अध्यक्ष बाबुकृष्ण पन्त, पुर्व प्रध्यानाध्यपक गणेश पन्त, पुर्व अध्यक्ष हरुलगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रधानाध्यापक कमान पहरीले प्रस्तुत गरेका थिए । पहरीले विद्यालयमा भौतिक सुविधा सगै शैक्षिक अबस्था पनि सुधारिँदै गएको बताए । विद्यालयले अभिभावक शिक्षा लागु गर्न लागेको पहरीले बताए भने शिक्षा सुधारका लागी शिक्षक, अभिभावक र विद्यर्थीहरुको त्रिकोणत्मक समन्वयमा मात्रै सुधार गर्न सकिने पहरीले बताए ।
कार्यक्रममा पहरीले शिक्षा क्षेत्रमा भइरहेका कामको जानकारी दिँदै आगामी योजनाका लागि सुझाव दिएका थिए । कार्यक्रममा चर्चित कार्यक्रम इन्द्रेणीका गायक युवराज चौलागाईं, चर्चित गायिका प्रतिमा अर्याल, चर्चित बाल गायिका आयुशा गौतम लगायतको प्रस्तुति सहित साँस्कृतिक कार्यक्रम रहेको थियो ।









