2026 August 30/ 10:49: 36am

– १ सय ९ ब्यक्ति तथा संस्था सम्मानित भए

    बनेपा/बनेपा नगरपालिकाको ४३ औ स्थापना दिवसमा नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई लगायतका ५७ कर्मचारी सहित १ सय ९ ब्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । 
    बनेपा नगरपालिका अन्तरगतका वडा कार्यालयहरु मध्ये अभिलेख व्यवस्थापन, सेवा प्रवाह तथा सुशासन र विकास निर्माणका काममा देखिएको कुशलताको उच्च कदर स्वरुप बनेपा नगरपालिका वडा नं. १० लाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । उक्त वडामा २०७४ देखि निरन्तर चन्द्रबहादुर खड्का अध्यक्ष छन् । 
    बनेपा नगरपालिका क्षेत्रभिका सामुदायिक विद्यालयहरु मध्ये विद्यार्थी अनुपात, पठनपाठन व्यवस्थापन र अतिरिक्त क्रियाकलाप तर्फको क्रियाशिलताका आधारमा उत्कृष्ठ विद्यालय चण्डेश्वरी मा.वि. बनेपा ४ लाई प्रशंसा पत्र सहित सम्मान गरिएको छ । उक्त विद्यालय नगरको नमुना विद्यालयका रुपमा चिनिन्छ । 
    नगरपालिकाले नियमित बहालकर बुझाउने करदाताहरु मध्ये उत्कृष्ट करदाताका रुपमा बनेपा ७ का गोपाल प्रधानलाई सम्मान गरेको छ । उनले आर्थिक वर्ष २०७९÷२०८० मा ३ लाख ६५ हजार रुपैया बहालकर बापत राजश्व बुझाएका थिए । त्यस्तै चण्डेश्वरी उद्यानका ब्यवसायी बनेपा ५ निवासी अरुण कर्माचार्य पनि उत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् । 
    त्यस्तै बनेपा नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरी २०७९ सालमा सञ्चालित एसईर्ई परीक्षामा सर्वाधिक बढी अंक प्राप्त गर्ने छात्र छात्रलाई प्रदेश सांसद कञ्चनचन्द्र बादे, नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा तथा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले नगद सहित प्रशंशा पत्र प्रदान गरेका थिए । गणेश भारती मावि बाँस्डोलका अप्सन खड्का र चण्डेश्वरी मावी नालाकी इशा श्रेष्ठ सम्मानित भएका छन् । उनिहरु दुबै जनालाई नगद ५÷५ हजार सहित सम्मान गरिएको हो । 
    बनेपा नगरपालिकाको ४३ औं स्थापना दिवस समारोहमा सरिक हुने सांस्कृतिक समूहहरुमा सम्मान पत्र नगर प्रमुख शान्तिरत्न शाक्यले प्रदान गरेका थिए । नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयबाट २०७९ चैत्र देखि हालको मितिसम्म अवकास हुने स्थायी शिक्षकहरुलाई प्रशंसा पत्र सहित नगरपालिकाको लोगो अंकित खादा ओढाई सम्मान गरिएको थियो । अवकाश सहित सम्मान पाउने शिक्षकहरु १९ जना छन् । राजेन्द्रकुमार बज्राचार्य, नरेन्द्रप्रसाद पाठक, गोविन्दप्रसाद रेग्मी, सीता पाण्डे थापा, श्रीकृष्ण श्रेष्ठ, सुजेन्द्र श्रेष्ठ, प्रभाकुमारी बजगाई, प्रल्हाद दाहाल,पुरुषोतम बजगाई,शुशिला बादे, इन्द्रकुमारी थापा, गोमाकुमारी गौतम, हिरावती श्रेष्ठ, उषादेवी मानन्धर, रामेश्वरी श्रेष्ठ, अंगना बैद्य, युवराज दाहाल, हरिलाल श्रेष्ठ र हरिशरण थापा रहेका छन् । त्यस्तै बनेपा नगर क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्यापनरत अविच्छिन्न रुपमा १५ वर्ष सेवा अवधी पुगेका स्थायी शिक्षकहरुमा बनेपा सेवा पदकद्वारा सुशोभन गरिएको छ । बनेपा आधारभुत विद्यालयकी तारादेवी अधिकारी उक्त पदकबाट सम्मानित भएकी छिन् । 
    बनेपा नगरपालिकामा कार्यरत रही अविच्छिन्न रुपमा १५ वर्ष सेवा अवधी पुरा गरेका स्थायी कर्मचारीहरुमा बनेपा सेवा पदकद्वारा सुुशोभन भएका छन् । आषिश शर्मा कँडेल, विमल सुनार, कविता श्रेष्ठ, राधिका हुमागाई रहेका छन् । त्यस्तै बनेपा नगरपालिकामा कार्यरत रही अविच्छिन्न रुपमा २५ वर्ष सेवा अवधी पुरा गरेका स्थायी कर्मचारीहरुमा बनेपा दीर्घ सेवा पदकद्वारा सुुशोभन गरिएको छ । चिरञ्जीवि शर्मा, जयप्रसाद मानन्धर, विशाल विक्रम कायश्थ, सिर्मल मुस्याजु, किरणकाजी श्रेष्ठ, सोकूल डंगोल, अनोज पोटे, लक्ष्मी जंगम, कृष्ण श्रेष्ठ, राजु खत्री, सुवास रञ्जित, रामनाथ कायश्थ, सत्यजित भैल, श्यामभक्त प्रधान, हरिगोपाल मानन्धर, विश्वनाथ भोक्षिभोया, दिपक नेपाल, रामेश्वर खड्का, किरणकुमार भालु, रामहरी पराजुली, ज्ञानेन्द्र श्रेष्ठ, एदकुमार कटुवाल, उमा ढुंगाना, केदारमान मानन्धर, राजश्री रजित र सावित्री शुद्दकार रहेका छन् । त्यस्तै लक्ष्मी देउला पोडे, सुरेन्द्र कारजित,चन्द्रप्रसाद पोडे, श्याममाया पोडे, दिलिप पोडे, गंगामाया पोडे, पकनलाल पोडे, सन्तलक्ष्मी पोडे, समिचा पोडे रहेका छन् । 
    बनेपा नगरपालिकाकामा कार्यरत कर्मचारीहरु मध्ये सुम्पिएको जिम्मेवारी इमान्दारी पूर्वक निर्वाह गरी पुरस्किृत हुने कर्मचारीहरुलाई सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । १४ जना कर्मचारी उक्त विद्याबाट सम्मानित भएका छन् । आईतमाया पोडे, चन्द्रबहादुर दनुवार, विकुलाल डंगोल, विष्णुप्रसाद सुवाल, बाबुकाजी रञ्जित, रविना श्रेष्ठ, राजु खत्री, पद्मावती चौलागाई, रामसुन्दर सापकोटा, महेश्वरकाजी श्रेष्ठ, चन्दन होयजु, विजया सुवेदी, दिनेश पोखरेल र संगम भुजेल रहेका छन् । उनिहरु सबैले नगद १० हजार प्राप्त गरेका थिए । 
    बनेपा नगरपालिकामा कार्यरत रही आफूलाई सुम्पिएको जिम्मेदारी कुशलतापूर्वक सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मान पत्र सहित बनेपा नगरपालिका, सम्मान तथा पदक (स्थापना तथा वितरण) सम्बन्धी कार्यविधि, २०७७ ले व्यवस्था गरेको बनेपा विशिष्ठ सेवा पदक नामको पदकद्वारा विभुषित गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाई र प्रशासकिय अधिकृत धुर्व्रप्रसाद नेपाललाई नगद २५ हजारका दरले सम्मान गरिएको छ । 
    बनेपा नगरपालिका क्षेत्रमा जन्मीएर बनेपा नगरपालिकाको नाम र प्रतिष्ठा उजागर गर्न सफल ब्यक्तिहरुलाई बनेपा ताराबाट सम्मान गरिएको छ । नेपाली चलचित्र क्षेत्र भित्रका विविध विधामा आफूलाई प्रस्तुत गरी कुशल निर्देशकका रुपमा परिचित बनेपा नगरपालिका वडा नंं. ३ निवासी कलाकर्मी दयाराम दहालको योगदानका कारण बनेपाको नाम देश विदेशमा परिचित गराउन सफल भएकोमा सम्मान गरिएको थियो । बनेपा नगरपालिका (तत्कालिन नगर पञ्चायत–२०३८ साल) को स्थापनाका लागि अहोरात्र खटिनु भएका, नेपाल हृदयरोग प्रतिष्ठान लगायतका सामाजिक संघसंस्थाहरुमा निस्वार्थ रुपमा निरन्तर लागि पर्नुहुने समाजसेवी व्यक्तित्व बनेपा नगरपालिका वडा नंंं. ८ निवासी हरिभक्त भोछिभोयालाई सम्मान गरिएको थियो । 
    बनेपा नगरपालिका क्षेत्र भित्र क्रियाशील कृषकहरुबाट पुगेको योगदानको कदर स्वरुप सम्मान पत्र सहित नगद पुरस्कारले सम्मान गरिएको छ । सममानित हुनेहरुमा जमुना घिमिरे, धर्म मानन्धर, शंकर केसी, सुभाषचन्द्र सुनुवार, सुरेन्द्र श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, मुक्तिनाथ विष्ट रहेका छन् । उनिहरुले नगद १०÷१० हजार प्राप्त गरेका छन् । बनेपा नगरपालिका क्षेत्रभित्रका खेलाडीहरुले प्रदर्शन गरेको उत्कृष्ट खेलका कारण बनेपा नगरपालिकाको नाम उजागर गर्ने खेलाडीहरुलाई सम्मान पत्रबाट सम्मान गरिएको छ । खेलाडीहरुमा राजमन्दिर श्रेष्ठ, सन्देश मानन्धर, शशिन्द्र रजिंत, चन्दा भुजेल, निखिल राजबाहक, विजेन रञ्जिंत, अस्मी श्रेष्ठ, आशिष थापा, सुरेश शाही, सस्मन बस्नेत, सस्मिनी बस्नेत, लक्ष्मण बस्नेत, गयाजी खड्का, तुल्सीराम श्रेष्ठ र सुजित गुरुङ रहेका छन् ।