2026 August 30/ 10:48: 50am

– उत्कृष्ट चालक, सहचालक र एसईई उत्कृष्ट मजदुरका छोराछोरी पुरस्कृत

    धुलिखेल/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिले हरेक वर्ष गर्दै आएको जेष्ठ यातायात मजदुर सम्मान कार्यक्रम अन्र्तगत यो वर्ष दुई मजदुरलाई नगद १ लाख १० हजार सहित सम्मान गरेको छ । साथै सम्मानित मजदुरका परिवारहरुको दुर्घटना बीमा गरिदिएको छ । 
    सम्मानित हुने मजदुरहरुमा राजु स्याङताङ र लुभु तामाङ छन् । उनिहरु दुबै जनालाई काभ्रे बस सेवा प्रालिका अध्यक्ष बर्ण शाक्य, संगठनका अध्यक्ष अर्जुन लामा, काभ्रे सेवा प्रालिका सचिव कविर रञ्जित लगायतले दोसल्ला, सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए । संगठनले गरेको यो सम्मान २६ र २७ औ हो । यस अघि २५ जना जेष्ठ यातायात मजदुर सम्मानित भईसकेका छन् । संगठनका अध्यक्ष अर्जुन लामाले जेष्ठ यातायात मजदुर सम्मान सहित उत्कृष्ट चालक र सह चालक सम्मान गरिएको बताए । यो वर्ष सम्मानित हुने चालकहरुमा बुद्धिमान तामाङ र विशाल प्रधान रहेका छन् भने सह चालकहरुमा नरेश शिवभक्ति र शुशिल नेपाली रहेका छन् । उनिहरुलाई दोसल्ला, सम्मानपत्र सहित एक वर्षको परिवार सहितको दुर्घटना बीमा गरिदिएको छ । 
    धुलिखेलमा आयोजित कार्यक्रममा संगठनका अध्यक्ष अर्जुन लामाले आगामी दिनमा मजदुरहरुको हकहित र ब्यवसायिक सुरक्षामा ध्यान दिने बताए । कार्यक्रममा प्रमुख अतिथी काभ्रे बस सेवा प्रालीका अध्यक्ष बर्ण शाक्यले मजदुरहरुको विश्वासमा ब्यवसायीहरुले लाखौ लाख मुल्यका बसहरु जिम्मा दिएकाले ब्यवसायीहरुको हक हित मात्रै नभई यात्रुहरुको सुरक्षामा समेत ध्यान दिन अनुरोध गरे । दुर्घघटना न्यूनिकरण, ट्राफिक नियमको पालना र सचेतना जस्ता कार्यक्रममा मजदुरहरुको सक्रियता रहनु पर्ने प्रमुख अतिथी शाक्यले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएस्पी राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी लालध्वज सुवेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक जनार्दन घिमिरे, काभ्रे बस सेवा प्रालिका पदाधिकारीहरु, वडा अध्यक्ष गणेश आचार्य, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, संगठनका पूर्व पदाधिकारीहरु, बागमती प्रदेशका अध्यक्ष भिमसेन कार्की, संगठनका उपाध्यक्ष धनबहादुर ठकुरी लगायतले मजदुर हकहितका विषयमा धारणा राखेका थिए । संगठनले यहि वर्ष देखि संगठनमा आवद्ध सदस्यका छोराछोरीहरु मध्येबाट एसईईमा उत्कृष्ट हुनेहरुलाई सम्मान गरेको छ । यो वर्ष संगठनका सल्लाहकार विश्व महाजुको छोरी दिक्षा महाजु र संगठनका कार्यालय प्रमुख अनिल श्रेष्ठको छोरी आरजु श्रेष्ठ सम्मानित भएका छन् ।