2026 August 30/ 10:50: 16am

विकास तिमल्सिना
धुलिखेल

    नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागको आयोजनामा आर्थिक वर्ष २०८१÷०८२ को बजेट तर्जुमा हुनु पुर्व नेपाल सरकारलाई पूर्व–बजेटकालीन प्रतिवेदन पेश गर्ने प्रयोजनका लागि अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । धुलिखेलमा सम्पन्न कार्यक्रममा डेपुटी गर्भनर बमबहादुर मिश्रले नेपालको वर्तमान अवस्था र आगामी दिनका योजना साथै चुनौतीका बारेमा जानकारी गराएका थिए । 
    धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पसंक्षेले मुलुकमा भईरहेको आर्थिक संकट र त्यसले पारेको असरसँगै आगामी दिनमा सरकारले लिनु पर्ने नितीका बारेमा सुझाव दिएका थिए । बैकका कार्यकारी निर्देशक डा.प्रकाशबहादुर श्रेष्ठ, उप निर्देशक सजना शिल्पकारले नेपाल सरकारले लिएको नीति र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । बैकका सहायक निर्देशक रोशन सेढाईले सहजिकरणका साथ संचालन गरेको कार्यक्रममा जिल्लाका विभिन्न विषयमा सरोकारवाला निकायका ब्यक्तिहरुले सुझाव दिएका थिए । 
    हिमालय दृश्य धुलिखेलमा आयोजित अन्र्तक्रिया कार्यक्रममा विभिन्न स्थानबाट कृषक प्रतिनिधी, उद्योगी, ब्यवसायी, बैंकर्स तथा सरकारी निकायका सरोकारवाला ब्यक्तिहरुले सुझाव दिएका थिए । सम्वन्धित क्षेत्रको आर्थिक गतिविधि, प्रमुख सम्भावना, चुनौती एवंम समस्याका साथै उक्त क्षेत्रको समग्र विकासको लागि आवश्यक नीतिगत सुझाव प्राप्त भए लगत्तै राष्ट्र बंैकले सरकारलाई जानकारी गराउने नेपाल राष्ट्र बैंकका सहायक निर्देशक बिनोद बजगाईले बताए । 
    छलफलमा कृषि क्षेत्रको वर्तमान अवस्था, कृषि उत्पादन, कृषि श्रम तथा रोजगारीका अवस्था, रासायनिक मल, उन्नत बीउ, विजनको वितरण एवं प्रयोग, सिंचाई, कृषि कर्जा, बजार, कृषि सडक, भण्डार गृहको अवस्था, पशुजन्य उत्पादन, बैकल्पिक बालिहरुको सम्भाब्यताका बारेमा छलफल भएको थियो । साथै आगामी वर्षको परिदृश्य, कृषि उत्पादन सम्बन्धी आगामी वर्षको प्रक्षेपण तथा प्रक्षेपणका आधारहरु, कृषि क्षेत्रमा देखिएका प्रमुख समस्या तथा चुनौतीहरुका बारेमा छलफल हुनेछ । समाधानका लागि सरोकारवालाहरुको सुझाव सकंलन गरिएको सहायक निर्देशक बजगाईले बताए । 
    त्यस्तै पूर्वाधार क्षेत्रको वर्तमान अवस्था, सडक तथा हवाई यातायात, विद्युत्त आपूर्ति तथा गौरवका आयोजनाको अवस्था, प्रगति विवरण, आगामी वर्षको परिदृश्य, प्रमुख समस्या र समाधानका उपायहरुका बारेमा छलफल गरिएको छ । बैदेशिक ब्यापारको वर्तमान अवस्था, आयात निर्यात गरिने प्रमुख बस्तुतहरु, आगामी वर्षको परिदृश्य, प्रमुख समस्या र समाधानका उपायहरु, उक्त क्षेत्रमा दीगो आर्थिक विकासका लागि लगानी अभिबृद्धि तथा स्रोत परिचालनमा सहयोग पु¥याउने महत्वपूर्ण क्षेत्रहरुका बारेमा सुझावहरु प्रस्तुत भएका छन् । साथै पछिल्लो समय देखिएका आर्थिक संकट, त्यसले पु¥याएको असर, समग्र क्षेत्रको अवस्थाका सरोकारवाला निकायका प्रतिनिधीहरुले सुझाव दिएका थिए ।