2026 August 30/ 10:49: 58am

धुलिखेल/काभ्रेपलाञ्चोक प्रादेशिक पुल १८ वटा निर्माण भईरहेका छन् । सम्झौता गरिएका पुलहरु मध्ये केहिमा ब्यवसायीको लार्पवाहिका कारण अलपत्र परेका छन् । केहि पुलहरु निर्माणको सम्झौता हुन बाँकी छ । दुई वर्ष अघि सम्झौता भएका पुलहरुमा सन्तोषजनक निर्माणको कार्य हुन सकेको छैन । 
    आर्थिक वर्ष २०७७/०७८ मा विनियोजन भएको ढडिन पुल निर्माण (लिलावती खोला) आरुचौर काफलडाँडा पुरानो भोटेगाउँ हुदै रानीकोट सडक पनौती नगरपालिकामा निर्माण भईरहेको पुलको ७५ प्रतिशत काम सकिएको छ । खानीखोला तथा पार्वती खोला तीनखुट्टै पक्की पुल, महाभारत गाउँपालिकाको पुलको निर्माण ३५ प्रतिशत मात्रै सकिएको छ । निर्माण ब्यवसायीहरुले समयमा कार्य सम्पन्न नगरेका कारण महाभारतबासीहरुको १२ महिना नै सवारी साधन चल्ने सपना अधुरो छ । सोहि पुल पनि आर्थिक वर्ष २०७७÷०७८ मा शुरु भएको थियो । 
    श्रीखण्डपुर पुल तथा काठमाडौ विश्वविद्यालय सडकमा निर्माण शुरु भएको पुलको काम करिब सबै सकिएको छ । स्लाब निर्माण सकिएर अन्य काम भईरहेको छ । तरपनि सम्झौता गरिएका पुलहरु मध्ये धेरै चाँडो निर्माण सम्पन्न गरेको पुल श्रीखण्डपुरको हो । नमोबुद्ध ६ स्थित २५ किलो चरङ्गेफेदी पक्कि पुल निर्माण भईरहेको छ । यो आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित पुल हो । सोहि वर्ष मण्डन देउपुर वडा नम्वर ४ र ६ जोड्ने गैरी विसौना सालठाटी जोड्ने चाखोला पुल, रोशीखोला खल्थली पक्की पुल, पनौती ९, बाउन्ने सडढक पुल रोशीखोला पनौती ९, डाँफे खोला बालुवा तिनपिप्ले जोड्ने सडक पुल निर्माणका लागि बजेट विनियोजन भए पनि प्रभावकारी काम हुन सकेको छैन । 
    बनेपा सिनागाल राधेराधे पुण्यमाता खोला पुल निर्माण शुरु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० मा शुरु भएको उक्त पुल सहित च्याल्टी खोला पुल खोपासी तालढुंगा सडक बेथान्चोक ५, लिलावती खोला पाटिचौर पुल निर्माण (पुच्छारी आशापुरी साँगा सडक) पनौती ३, अधेरी खोला पुल रोशी ३ रहेका छन् । पनौती ३ पुच्छारी आशापुरी सडकमा निार्माण शुरु भएको छ । 
    देवीटार बनखुखोला महाभारत सडक पुल, खानीखोला ६ र ५ जोड्ने खानीखोला पुल, दुर्लुङ्गखोला पुल खानीखोला ७ काभ्रे र ललितपुर जोड्ने पुल, चौउखोला दोभान पुल महाभारत १ र खानीखोला ४, भुग्देउ खोला पक्की पुल बेथान्चोक ६ का लागि बहुबर्षिय ठेक्काका रुपमा अघि बढेका छन् । केहि पुलहरुको सम्झौता सकिएर कार्य प्रारम्भ गरिएको छ । भैसेपाटी सडकमा पर्ने घट्टेखोला पुल बनेपा १२ को ठेक्का सम्झौता हुन सकेको छैन ।