2026 August 30/ 10:49: 39am

धुलिखेल/सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासी स्रोत केन्द्र अन्र्तगत सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बारेमा स्थानीय तह समन्वय समितिको बैठक आयोजना गरिएको छ । सामी कार्यक्रम जिल्लाका धुलिखेल, मण्डनदेउपुर, रोशी र भुम्लु गाउँपालिकामा संचालन भएको कार्यक्रम संयोजक बसन्त कुँवरले बताए ।
    बैठकमा सिविक फोरमका संयोजक बसन्त कुँवरले आर्थिक वर्ष २०८० साउन देखि फागुन मसान्तसम्म भएका गतिविधिहरुका साथै कार्यक्रमले पारेको प्रभाव र उपलब्धीका बारेमा जानकारी गराएका थिए । कार्यक्रमले बैदेशिक रोजगारमा जानेहरु र उनिहरुका परिवारका लागि सूचनामा पहुँच, सूचना तथा परामर्श सेवा, निशुल्क कानूनी सेवा, सीप तालिम तथा वित्तिय साक्षरता, मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । उक्त अवधीमा १० हजार ८ सय १३ जनालाई स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा उपलब्ध गराईएको छ भने सीप विकास तालिम ४१ जनालाई उपलब्ध गराउन सिफारिस गरिएको छ । निशूल्क कानूनी सहायता २३ जनालाई उपलब्ध गराईएको छ । मनोसामाजिक परामर्श कार्यक्रम ९७ जनालाई उपलब्ध गराईएको छ । समुहमा ३ सय २१ जनालाई उपलब्ध गराईएको छ । 
    त्यस्तै वित्तीय साक्षरता कार्यक्रम १४ वटा कक्षा संचालन भएका छन् । जसमा ३ सय २१ जनालाई दिईएको छ । विभिन्न निकायसँगको समन्वय बैठक, स्थानीय तह कार्यक्रम समन्वय समितिको बैठक, स्थानीय तह ब्यवस्थापन समितिको बैठक, रिटर्नी स्वंसेवक परिचालन सम्वन्धी गतिविधि भएका छन् । सुरक्षित बैदेशिक रोजगारी सम्वन्धी सूचना सामग्री उत्पादन, प्रकाशन तथा वितरण, विप्रेषण प्राप्त गर्ने परिवारका विशेष गरी महिला सदस्यहरुका लागि मनोसमाजिक परार्मश सहितको वित्तीय साक्षरता कक्षा संचालन, सरोकारवालासँग अन्र्तक्रिया, रोजगार सेवा केन्द्रसँग सूचना आदान प्रदान समन्वय बैठक तथा अन्र्तक्रिया, बैदेशिक रोजगारमा जान चाहने ब्यक्तिहरुसँग ग्रहण, सुरक्षित बैदेशिक रोजगारीसँग सम्वन्धी समुदाय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 
    त्यस्तै बैदेशिक रोजगारबाट स्वदेश फर्केका ब्यक्तिहरुका सञ्जालको क्षमता विकास कार्यक्रम, बैदेशिक रोजगारबाट स्वदेश फर्केका ब्यक्तिहरुका सञ्जाल गठन तथा क्षमता विकास कार्यक्रम, जिल्ला स्तरमा सामी कार्यक्रमको अर्ध बार्षिक तथा बार्षिक समीक्षा गोष्ठी, अन्तराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा सचेतनामूलक तथा अन्र्तक्रिया कार्यक्रम, स्थानीय तहको श्रम तथा रोजगार हेर्ने शाखाको सवलीकरण कार्यक्रम, सामी कार्यक्रमको अनुगमन तथा मुल्यांकन सम्वन्धी विविध कार्यक्रम आयोजना गरिएको बसन्त कुँवरले बताए । 
    समिक्षा कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका बागमती प्रदेश प्रमुख पुरुषोतम अधिकारी, कार्यक्रम अधिकृत भागिराम थारु, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायतको सहभागिता रहेको थियो । चारवटै स्थानीय तहमा भएका कार्यक्रम, त्यसको उपलब्धी तथा समस्या र आगामी योजनाका बारेमा छलफल भएको थियो ।