धुलिखेल/यो वर्ष काभ्रेपलाञ्चोक जिल्लाबाट ५ हजार २ सय ९४ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन् । नियमित तर्फ ४ हजार ९ सय ४६ र ग्रेडबृद्धी तथा आंशिकमा ३ सय ४८ विद्यार्थी छन् ।
परीक्षामा ९२ विद्यालयका विद्यार्थीहरुका लागि २३ वटा परीक्षा केन्द्र छन् । अघिल्लो शैक्षिक सत्रमा बनेपाको बेलर स्कुलको केन्द्र बनेपाको चैतन्य माविमा परेको थियो । यो वर्ष धेरै विद्यार्थी र फर्निचर लगायतको सहजताका लागि धुलिखेलको सञ्जीवनी माविमा परेको छ । संजिवनी माविमा केन्द्र रहेको निष्ट कलेज बनेपाको चैतन्य माविमा परेको छ । यस अघि बेथान्चोक गाउँपालिकामा रहेको सरस्वती मावि भुग्देउका विद्यार्थीका लागि कृष्णगोपाल मावि तोकिएको छ ।
कक्षा १२ को परीक्षामा २ सय भन्दा धेरै विद्यार्थी रहेका ४ वटा मात्रै विद्यालय छन् । बनेपाको बेलरमा सबैभन्दा धेरै विद्यार्थी छन् । बेलरमा ४ सय ४८ विद्यार्थी छन् । तीन जनाले ग्रेड बृद्धिमा भाग लिएका छन् । बेलर पछि धेरै विद्यार्थी भएको स्कुल हो बनेपा निष्ट । यो वर्ष ३ सय १८ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नेपाल प्रहरीमा २ सय ६५ जना र ज्ञानकुञ्ज माविमा २ सय २२ छन् । एक सय भन्दा धेरै विद्यार्थी भएका स्कुलहरुमा आर्दश विद्या मन्दिर बनेपा १ सय ७५, तेजगंगा क्याम्पसमा १ सय ५८, सञ्जिवनी माविमा १ सय ३४, सर्वमंगला मावि पाँचखाल १ सय २२, जनक माविमा १ सय २२, चैतन्य क्याम्पसमा १ सय १२, धुलिखेल क्याम्पसमा १ सय २, गोल्डेन फ्युचर १ सय २, प्रगति प्रभातबाट १ सय १ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
पनौती कुशादेवीको लिलावती, इन्द्रावती मावि, बालबाटिका मावि, धुलिखेल ईङ्गलिस स्कुल, सपनेश्वर मावि, मल्पि पनौती र नाईटिङ्गेल माविमा शुन्य विद्यार्थी छन् । ति विद्यालयहरुले कक्षा ११ र १२ संचालन गर्न छाडेका छन् । १० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरुमा शारदा मावि भुम्लुमा ६, चक्रेश्वर माविमा ८ जना, जनता माविमा १० जना, भुमे माविमा ६, बाल निकेतन मावि २, स्प्रिङ्ग हिल माविबाट ३ जना विद्यार्थीले परीक्षा दिदैछन् । जिल्लाको पहिलो क्याम्पस काभ्रे बहुमुखीमा जम्मा ६२ जना विद्यार्थी मात्रै कक्षा १२ मा सहभागि हुँदैछन् ।
अघिल्लो वर्ष कक्षा १२ मा जिल्लाबाट ५ हजार २ सय ७७ जना परीक्षामा सहभागि भएका थिए ।









