2026 August 30/ 02:55: 01pm

- उद्दार टोली तीन तल्लामाथी बाँसको प्रयोग गरेर ३ सेकेन्डमा
– विपद् प्रतिकार्यमा अब्बल नेपाली सेना 
    धुलिखेल/आगलागी भई सकेपछि विपदमा फसेकाहरुको तत्काल उद्दार गर्न नेपाली सेनाको कालीजंग गणले नयाँ प्रयोगको अभ्यास देखाएको छ । तेश्रो तल्लामा रहेका ब्यक्तिहरुलाई उद्दार गर्न घरगाउँमा सजिलै प्राप्तहुने बाँसद्वारा भवनमाथी चढी झ्यालको ग्रिललाई काटेर कोठा भित्रप्रवेश गरेर उद्दार गरेको नयाँ अभ्यास गरेको हो । 
    धुलिखेलको सदरमुकाममा रहेको प्रयोग विहिन सरकारी भवनलाई नेपाली सेनाले काभ्रे कोलोनीका रुपमा अभ्यास गरेको थियो । सुख्खापन बढिरहेको, हावाहुरी चलिरहेका कारण समुदाय तथा घरहरुमा हुन सक्ने आगलागी नियन्त्रण गर्न अपनाउनु पर्ने विधी तथा अभ्यासहरुका बारेमा सेनाले जिल्लास्थित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु, कार्यालय प्रमुखहरुलाई अभ्यास देखाईएको हो । ‘नेपाली सेना तथा संयुक्त अभ्यास डेमोन्सट्रेशन नभई विपदका बेलामा जोकोहिले विपद् प्रतिकार्य सहजै गर्न सकोस भन्ने हेतुले संयुक्त अभ्यास संचालन गरिएको हो’– नेपाली सेना कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले भने–‘सबै सुरक्षा निकायका र विपदसँग सम्वन्धित सरोकारवाला उद्दारकर्मीबाट आगलागी प्रति कार्यको अभ्यास, विभिन्न किसिमका आगलागीसँग सम्वन्धित जानकारी तथा अभ्यास र विपदमा प्रयोग हुने सामाग्रीहरुको प्रर्दशनी गरिएको छ ।’ 
    नेपाली सेना कालीजंग गणको संयोजन र जिल्ला विपद् ब्यवस्थापन समितिको सहकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, एनसिसीका युवाहरु, धुलिखेल अस्पताल, नेपाल रेडक्रस सोसाईटी र धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा संयुक्त आयोजना गरिएको थियोे । आगलागी सम्वन्धि विपद् प्रतिकार्यको संयुक्त अभ्यास २०८० मावि पदका घटना अन्र्तगत आगलागीका घटनाहरु, यसबाट हुनसक्ने क्षतिको न्युनिकरण, उद्दार अभ्यास, बच्ने उपाय तथा तयारीपन तथा स्थानीय श्रोत तथा साधनहरुको प्रयोगबाट मानविय तथा भौतिक क्षतिहरुलाई न्युनिकरण तथा रोकथाम गर्नका लागि उक्त अभ्यास आयोजना गरिएको प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए । सेनाले गरेको विपद् प्रतिकार्य सम्वन्धी आगलागी नियन्त्रण अभ्यासमा काभ्रे कोलोनीका लालबहादुर लामिछानेको अर्पाटमेन्टमा विद्युत्तीय सर्किटका कारण आगलागी भएकाले आगलागी नियन्त्रणमा लिन घटनास्थलमा तत्काल नेपाल प्रहरीको टोली परिचालन भएको थियो । आगो नियन्त्रण गर्न नसकी आगो अन्य अपार्टमेन्टमा पनि फैलँदो क्रममा भएकाले स्थानीयहरुद्वारा प्रहरीलाई उद्दारका लागि अनुरोध गरिएको थियो । नेपाल प्रहरीको टोलीघटनास्थल पुगेर जिल्ला आपतकालीन कार्य संचालन केन्द्र, नजिकै रहेको नेपाली सेनाको कालीजंग गण र सशस्त्र प्रहरी हेडक्वाटर नम्वर १५ गणलाई खवर गर्छ । नेपाल प्रहरीले आगलागी भएको स्थलको सुरक्षा तथा आगलागी प्रतिकार्य गर्दा गर्दै प्रहरीले चारै तर्फको आवतजावत गर्न निषेध गरेको थियो । आगोले भयावह रुप लिन थालेपछि प्रहरीद्वरा नेपाली सेनाको कालीजंग गण र शशस्त्र प्रहरी नम्वर १५ गणको संयुक्त फायरफाईटिङ्ग टोली आवश्यक इक्युमेन्ट तथा दमकल सहित घटनास्थल पुगेको थियो । 
    नेपाली सेनाको कालीजंग गणको टोलीले घटनास्थल तथा आगलागी भएको अपार्टमेन्टभित्रको अवस्थाकाबारे माड्रोनको प्रयोग गरी थप जानकारी लिएको थियो । नेपाल प्रहरीसँगको सहकार्यमा घटनास्थलका बारेमा जानकारी लिएपछि नेपाली सेनाको उद्दार टोली भवनको मुल ढोकामा मेशिनद्वारा काटी उद्दारका लागि प्रवेश गरेका थिए । उद्दारमा खटिएको टोली घर भित्रप्रवेश गर्दा कपडा पानीमा भिजाई टाउकोमा छोपी अपार्टमेन्टभित्र उद्दारका लागि प्रवेश गरेको थियो । स्थानीय स्तरमा प्रयोग हुने सामाग्रीहरुको विपदमा प्रयोग गर्न सकिने सेनाले बताएको छ । तत्कालै आगलागी भएको कोलोनीलाई नियन्त्रण गर्न एउटा टिम भ¥याङको माध्यमबाट सकुशल उद्धार गरी सुरक्षित स्थानतर्फ ल्याएका थिए । भ¥याङ्ग पुग्ने स्थानमा सहज भएपनि भ¥याङ्ग समेत नपुग्ने स्थानमा स्थानीय बाँसद्वारा उद्दार टोली माथी चढेर झ्यालको ग्रिलकाटेर कोठा भित्रप्रवेश गरी घाईतेहरुलाई डोरीको माध्यमबाट तल झारेका थिए । यो अभ्यास सम्भवत नेपालमा पहिलो र नयाँ थियो । जहाँ नेपाली सेनामा कार्यरत महिलाहरुको टिममात्रै सक्रिय थियो । बाँसको माध्यमबाट ३ सेकेन्डमा भवनको तेश्रो तल्लामा उद्दार टोली पुगेको थियो । उक्त अभ्यासलाई दर्शक सहभागिहरुले उत्साहका साथ सर्मथन र हौसला प्रदान गरेका थिए । घरमा भएका बहुमुल्य सामानहरु तथा अशक्तब्यक्तिहरुलाई डोरीको माध्यमद्वारा स्ट्रेचर बनाई सुरक्षित स्थानमा पु¥याएको थियो । यस्तो प्रकारको उद्दार कार्य निकै जटिल भएपनि नेपाली सेनाले सावधानीपुर्वक घाईतेहरुको उद्दार गरेको थियो । 
    ‘नेपाली सेना सहितको संयुक्त अभ्यासले घटनाबाट हुन सक्ने क्षति न्युनिकरण हुन सक्छ’– प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्– ‘कालीजंग गणले गरेको अभ्यासबाट आगलागी हुन नदिन तथा भई हालेमा सुरक्षित कसरी रहने भन्ने सन्देश उपलब्ध गराएको छ ।’ घरायसी सामानबाट समेत आगलागी नियन्त्रण गर्न सकिने सेनाको अभ्यास र उद्दार टोलीको शशत्त mभूमिकाले नागरिकहरुलाई सुरक्षित रहन थप मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । संयुक्त अभ्यासमा अपार्टमेन्ट अर्थात घर भित्रभएको आगलागी, घरको भान्छा कोठामा रहेको ग्याँस तथा ग्याँस सिलिण्डरमा आगलागी हुँदा तथा विद्युतीय सर्किटद्वारा हुन सक्ने आगलागीमा कसरी नियन्त्रण गर्न सकिन्छ तथा फायर एक्सटिङ्गगुईसरको प्रकार, यसलाई प्रयोग गर्ने तरिका र फायर एक्सटिङ्गगुईसर बल प्रयोग गरी आगो नियन्त्रण गर्ने तरिकाका बारेमा जानकारी गराईएको कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताए । संयुक्त अभ्यासको अवलोकन गर्न स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाली सेना उपत्यका पृतना हेडक्वाटरका उपरथी पृतनापति सागरबहादुर थापा, २६ नम्वर बाहिनी भकुण्डेका बाहिनीपति सहायक रथी सुनिल घले लगायतको सहभागिता रहेको थियो । 

तीनवर्षमा १ सय ६२ वटाआगलागीकाघटना
    राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा ब्यवस्थापन प्राधिकरणको तीनबर्षिय आगलागी सम्वन्धि तथ्याङ्क अनुसार जिल्लामा २०७८ सालमा ३५ स्थानमा, २०७९ सालमा ६३ स्थानमा र २०८० सालमा ६४ स्थानमा आगलागीका घटनाहरु भएका छन् । जस अन्तर्गत २०८० सालमा मात्रै आगलागीबाट मर्नेको संख्या २ र घाईतको संख्या ८ रहेको छ । २० जनालाई सकुशल उद्दार गरिएको छ । आर्थिक क्षति ५४ लाख ६४ हजार ६ सय बराबरको छ । नेपालमा बार्षिक २ हजार स्थानमा आगलागी हुने गरेको तथ्यांकले देखाएको छ । यसबाट बच्न र क्षति न्यूनिकरण गर्न नेपाली सेनाको उक्त अभ्यास महत्वपूर्ण रहेको स्थानीय जन प्रतिनिधिहरुले बताए । 

कालीजंग गणका नमुना अभ्यास
    नेपाली सेनाको कालीजंग गण धुलिखेलले यस अघिपनि नमुना अभ्यास गरेको थियो । नदी तथा खोलामा फसेका नागरिकहरुको उद्दारका साथै बाढी र पहिरोबाट बच्न अपनाउनु पर्ने उपाय लगायतलाई समेटेर मनसुन अभ्यास गरेको थियो । जिल्लाका १३ वटै स्थानीय तहका कर्मचारी तथा प्रतिनिधिहरुलाई सहभागि गराएर अभ्यास प्रशिक्षणका साथै पहिलो पटक विपद् प्रतिकार्य अभ्यासको पुस्तक प्रकाशन गरेको थियो ।