2026 August 30/ 11:57: 04am

– काभ्रेका कृषकको ५० करोड भुक्तानी बाँकी
    काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापनपत्र बुझाउँदै आज अरनिको राजमार्गमा दिउसो १२ बजे देखि २ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेका छन् । काभ्रेपलाञ्चोकका अध्यक्ष नारायणप्रसाद बडाल, केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य केशवप्रसाद सापकोटा र केन्द्रिय दुग्ध सहकारी संस्था लिमिटेडका लेखा सदस्य शिवप्रसाद कोईरालाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका थिए । 
    ज्ञापन–पत्रमा फागुन १०, ११ र १२ गते जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा दुक्ष्ग्ध उत्पादक सहकारी संस्था, डेरी उद्यमी, कृषक तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल, प्रचार प्रसार र आन्दोलनमा सहभागिताका लागि आब्हान गर्ने कार्यक्रम सम्पन्न भएको उल्लेख छ । त्यस्तै फागुन १४ गते जिल्ला प्रशासन कार्यालय काभ्रेमा ज्ञापनपत्र बुझाउने र त्यस अघि ¥याली, धर्ना गर्ने उल्लेख छ । फागुन १७ गते अरनिको राजमार्गको बनेपा चारदोवाटोमा १२ बजे देखि २ बजेसम्म शान्तिपूर्ण चक्काजाम गर्ने उल्लेख छ । फागुन २१ गते माईतिघर मण्डलामा देशभरीका कृषक, दुग्ध उत्पादक सहकारी संस्थाहरुको अगुवाईमा धर्ना तथा विरोधका कार्यक्रमहरु गर्ने र माग पुरा नभए सम्म धर्ना कार्यक्रम जारी राख्ने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाउँदै अध्यक्ष नारायण बडालले समस्या र आन्दोलनको बाध्यता सहितका बारेमा जानकारी गराएका थिए । 
    काभ्रेपलान्चोक जिल्ला दुग्ध उत्पादन तथा प्रशोधन उद्योग नेपालमै पहिलो वि.स.२००९ सालमा नै सुरु भएको जिल्ला हो । यहा उत्पादित दैनिक तिन लाख लिटर दुध स्थानिय बजार सहित काठमाडौ, भक्तपुर, ललितपुर जिल्लामा खपत भैरहेको छ । यो जिल्ला वि.स. २०६७ सालमा नै दुधमा आत्मनिर्भर घोषणा भैसकेको हो । विगत १ वर्ष देखि दुध विक्रि हुन समस्या भैरहेको र हाल दुग्ध विकास संस्थामा (डि.डि.सि.) तथा निजी डेरीहरुले दुधको विगत २ देखि ४ महिनाको भुक्तानी रकम नदिएको अवस्था विद्यमान छ । दुध विक्रिबाट प्राप्त हुने भुक्तानी रकम नपाउनाले कृषकहरुलाई पशुआहारा जस्तै घाँस, पराल, भुसा, दाना, चोकर, ब्रान्ड, खरिद गरी खुवाउन नसक्ने अवस्था सृजना भएको साथै बैंक तथा वित्तिय संस्थाहरुबाट पशुपालनमा लिएको कर्जाको साँवा व्याज किस्ता समेत राकिएको अवगत गराउन चाहान्छौ । यो परिस्थिती सृजना हुँदा एकातिर कृषकको दैनिक चुलो बल्ने अवस्था नै संकटमा परेको छ भने अर्कातिर पशुपालन व्यवसायमा नै निरासा उत्पन्न भै पलायन हुने सम्भावना बढेको छ । यस सन्दर्भमा केन्द्रिय दुग्ध सहकारी संघ तथा जिल्ला दुग्ध सहकारी संघले दुध विक्रि वापत पाउनु पर्ने भुक्तानी लगायत ११ बुदे माग सहित २०८० मंसिर २८ गते देखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेकोमा नेपाल सरकार, पशुपंक्षी विकास मन्त्रालयका मन्त्री, सचिव, सहसचिव, राष्ट्रिय दुध विकास बोर्ड कार्यकारी निर्देशक, डेरी उद्योग संघका अध्यक्ष, नेपाल डेरी एसोसियसनका अध्यक्ष, दुग्ध विकास संस्थानका महाप्रवन्धकलगायत सरोकारवाला निकाय बसी पटक पटक छलफल भएको थियो । २०८०फागुन १४ दर्ता नं.२९४÷०४९÷५० पान नं.६०१६६८२९४ भई कृषकहरुलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम पौष मसान्तभित्र भुक्तानी गरिसक्ने हाल कृषकहरुबाट लिइरहेको दुधको परिमाण नघटाई संकलन गर्ने, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय भएको छलफलमा मन्त्रालय सकारात्मक भै मागहरु पुरा गर्ने गरी २०८० मंसिर २६ गतेसहमती भएको थियो । सम्झौता अनुरुप कार्यान्वयन नहुँदा समस्या ज्युँको त्युँ रहि हालको अवस्था सृजना हुन आएकोमा तत् तत् निकायहरुलाई समस्याहरुको समाधान गराउनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएका छन् । 
    दुग्ध किसानहरुले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान तथा अन्य डेरी उद्योगहरुलाई विक्रि गरेकोविगत २ देखि ४ महिना सम्मको भुक्तानी रकम करिब ५० करोड यथासिघ्र भुक्तानी गरियोस, मिल्क होलिडे बन्द गरियोस्, आयतित दुध तथा दुधजन्य पदार्थलाई पूर्ण रुपमा बन्द गरियोस, दुध किसानहरुलाई जोगाइराख्न अनुदानका कार्यक्रमहरुलाई निरन्तरता गरियोस्, उत्पादन लागत मुल्य घटाउने कार्यक्रमहरु सबै पालिकामा लागु गरियोस्, विमा कार्यक्रमहरुलाई प्राथमिकतामा राखि क्षतिपूर्ति भुक्तानी सहज बनाईयोस्, दुध तथा दुग्धजन्य पदार्थ निर्यातको लागि खारेत लम्की लागयत रोगमुक्त घोषणा गर्न प्रत्येक पालिकामा खा्ेप अभियान चलाइयोस्, निर्यात गर्ने दुग्ध पदार्थमा अनुदानको व्यवस्था गरियोस्, विगतमा पाइराखेको दुध चिस्सानहरुको विद्युत महसुल ५० प्रतिशत कायम गरियोस् तथा लम्की रोग लागेर क्षती भएका पशुहरुको अबिलम्ब क्षतिपूर्ति रकम उपलव्ध गराउन माग गरेका छन् ।