2026 August 30/ 10:49: 05am

बनेपा/बनेपा निष्ट स्कुलमा वसन्त पञ्चमीको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । 
विद्यालयमा साँस्कृतिक क्लबको आयोजनामा नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । उक्त प्रतियोगितमा १३ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम कक्षा १२ को एम फोर सेक्सन, द्वितिय ई फोर साईन्स ग्रुप र तृतिय कक्षा ११ को ई सेभेन टिम भएको थियो । नृत्यमा राष्ट्रियता र राष्ट्रभाव झल्कने गीतहरु मात्रै समावेश गरिएको थियो । 
त्यसैगरी साहित्य क्लबको आयोजनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा ११ जना विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा बैदेशिक रोजगारीको अवसर तथा चुनौती शिर्षकमा कविता लेखन तथा बाचन गरिएको थियो । उक्त प्रतियोगितामा प्रथम कक्षा १२ को विज्ञान विषयकी सन्ध्या खनाल, द्वितिय कक्षा ११ को विज्ञान विषयका मणिराम न्यौपाने, तृतीय कक्षा ११ को ब्यबस्थापन विषयकी सन्ध्या धिताल र सान्त्वना कक्षा ११ को विज्ञान विषयकी मुस्कान सापकोटा भएका छन् । 
त्यसैगरी सुचना प्रविधि परियोजना प्रर्दशनीको आयोजना गरिएको छ । उक्त प्रर्दशनीमा प्रथम सविन तिमल्सिना, द्वितीय सिद्धान्त तिमल्सिना र तृतिय युवराज स्याङतान भएका छन् । प्रर्दशनीमा आईटि सम्बन्धी सम्पूर्ण सामाग्रीहरुको ब्यवसायीक योजना तथा फुडस्टल राखिएको थियो । सोहि कार्यक्रममा चित्रकला प्रतियोगिता समेत गरिएको थियो । 
कार्यक्रममा निष्ट फउण्डेशनका संस्थापक अध्यक्ष डा. माधव बरालले विद्यार्थीहरुलाई पढाईसँगै पढेका कुराहरुलाई ब्यबहारमा उतार्न तथा प्रयोगात्मक सिकाईलाई जोड दिएको बताए । गुणस्तरीय शिक्षासँगै उनिहरुको क्षमता प्रदर्शन, ब्यबहारिक, सामाजिक, नैतिक र संस्कारयुक्त शिक्षा प्रदान गर्नु नै निष्टको उद्देश्य रहेको बरालले बताए । पढाईमा मात्रै तेज भएर नपुग्ने भएकाले विद्यार्थीहरुमा भएको आफ्नो क्षमता दक्षता प्रर्दशन गर्नु नै आजको शिक्षाको आवश्यकता रहेको बरालको भनाई रहेको थियो । 
कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक तथा ब्यबस्थापन समितिका अध्यक्ष डा. राजेन्द्र कुमार घिसिङ्गले स्कुलले पढाईसँगै प्रयोगात्मक शिक्षालाई नै जोड दिएको बताए । विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुको नेतृत्व विकास, गुणस्तरीय शिक्षा, अनुशासन, उनीहरुमा भएको क्षमताको मुल्याङ्कन गर्दे स्कुल अगाडी बढेको घिसिङ्गले बताए । त्यसैगरी स्कुलका प्रिन्सिपल दिपक भट्टले अभिभावकले खोजेको, विद्यार्थीहरुले रोजेको शिक्षा प्रदान गर्दे आएको बताए ।  कार्यक्रममा स्कुलका प्रशासन प्रमुख पुण्यप्रसाद कट्टेलले विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, ब्यबस्थापन, कानुन विषय, स्नातक तहमा विएससि. सिएस.आईटी, विआई एम, विसिए, लगायतका विषयहरु अध्यापन भैईरहेको बताए । 
कार्यक्रममा  साहित्य तथा सामाजिक विभाग प्रमुख कृष्णहरी हुमागाई, विज्ञान विभाग श्याम सुन्दर दाहाल, ब्यबस्थापन विभाग सुवाष योगेल श्रेष्ठ लगायतले विद्यार्थीहरुलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन विद्यार्थी काउन्सिलका अध्यक्ष सुशान्त तिमल्सिनाले गरेका थिए । विद्यालयले गत वर्ष कक्षा १२को परीक्षामा नेपाल टप गरेको जनाएको थियो ।