2026 August 30/ 10:48: 34am

    बनेपा, बेथानचोक जेसिज बर्ष २०२१ का शाखा अध्यक्ष जेसीआई सिनेटर हरिकृष्ण दाहाल नेपाल जेसीज क्षेत्र ‘ग’ का लागि बर्ष २०२४ को  तालिम आयुक्तमा मनोनयन भएका छन । दाहाललाई गर्विलो ईतिहास, आशलाग्दो वर्तमान र सुनिश्चित भविष्यको लागि ‘नवप्रभावका लागि अग्रसरता बर्ष २०२४’ को राष्ट्रिय अध्यक्षको प्रकरण सार्थक पार्न नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रविन पोख्रेलले माघ २६ गते तालिम आयुक्तमा मनोनयन गरेका हुन । 
    बेथानचोक गाउँपालिका वडा नंम्वर ३ साविक ढुंर्खक गाविस वडा नम्वर ४ कुनेखर्कमा जन्मेका  दाहाल सामाजिक सेवामा उत्साही छन् । सन २०१८ मा बेथानचोक जेसीजको संस्थापक सदस्य, २०१९ मा तालिम संयोजक हुँदै २०२० मा बेथानचोक जेसिजको कार्यकारीणी उपाध्यक्ष थिए । नेपाल जेसीज तथा बैंकिङ क्षेत्रका सय भन्दा बढी तालिम लिएका दाहाल नेपालमा उत्कृष्ट तालिम प्रदान गर्ने उदेश्यका साथ स्थापना भएको विआईसिएमका कार्यकारी निर्देशक पनि हुन । बैंकर्स दाहाल प्रभु बैंक लिमिटेड धुलिखेलका तत्कालिन शाखा प्रमुख थिए । अग्रजहरुको अनुभवलाई जेसिजसंँग जोडेर समुदाय परिवर्तनका लागि युवाहरूको व्यक्तित्व र नेतृत्व बिकासका खातिर जेसीजका शाखाहरुमा विभिन्न समय सापेक्ष युवा लक्षित उद्यमशिलता ततलिम संचालन गर्ने दाहालको लक्ष्य रहेको छ । 
‘शासन ब्यक्तिको होइन, बिधिको हुनुपर्छ’ भन्ने मर्मका साथ १८ बर्ष देखि ४० बर्ष सम्मका देशभर १ सय ७८ शाखा रहेको जेसीज अभियानबाट राजनीतिक दलका नेताहरुले नेतृत्व हस्तान्तरण लगायतका धेरै कुरा सिक्नु पर्ने दाहालले बताए । स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर नेतृत्व तथा ब्यक्तित्व विकासका लागि युवा लक्षित कार्यक्रम नेपाल जेसीज मार्फत गर्न पहल गर्ने बताए । भकुण्डेबेंशी जेसीजको मातृशाखा बेथानचोक जेसीज सन २०१८ मा नेपाल जेसीजबाट सम्बन्धन प्राप्त संस्थाका संस्थापक अध्यक्ष बेथानचोकका सफल युवा उद्यमी जेसी मुक्तिनाथ तिमल्सिना हुन । मातृशाखा भकुण्डेबेंशी जेसिजको बर्ष २०१८ शाखा अध्यक्ष, बर्ष २०१९ का नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा बर्ष २०२० का नेपाल जेसिज क्षमता अभिबृद्धी समिती राष्ट्रिय संयोजक जेसिआई सिनेटर रुकमणी सिग्देलको विशेष योगदानबाट बेथानचोक जेसीज स्थापना भएको थियो ।
    दर्जनौं सामाजिक तथा आध्यात्मिक संस्थामा आबद्ध दाहाल बेथानचोकको पहिलो सिनेटर तथा  जेसीज अभियानमा सक्रिय अभियान्ता हुन । बैंकिङ सेवामा डेढ दशक भन्दा बढी आवद्ध भै आफुलाई असल बैंकरको रुपमा परिचित गराउने दाहाल मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शिक्षा उपसमिति सदस्य, विश्व हिन्दु महासंघ राष्ट्रिय समिति सदस्य, दाहाल बन्धु अध्ययन प्रतिष्ठान नालाका सहसचिव, दाहाल प्रतिष्ठान दमकको बागमती प्रदेशका सहसचिव, नेपाल रेडक्रस सोसाइटीका आजिवन सदस्य, नेपाल स्काउट काभ्रेका तदर्थ समिति सदस्य, काभ्रे सेवा समाजका आजीवन सदस्य  छन् । समाज सेवा, रोजगारी सिर्जना तथा राजश्व योगदानमा सक्रिय ब्यक्तिको रुपमा परिचित छन ।