बनेपा, काभ्रे/जिल्ला स्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव ब्यवस्थापन सम्बन्धी दुई चरणका कार्यक्रम धुलिखेलमा सम्पन्न भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोक बनेपाको आयोजनामा पहिलो चरणमा २०८० माघ १७ गते बुधबारबाट शुरु भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो भने दोश्रो चरणको कार्यक्रम माघ २१ गते आईतबार शुरु भई मंगलबार सम्पन्न भएको थियो ।
‘जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुका लागि तनाव ब्यवस्थापन गर्न कार्यक्षेत्रमै बसेर गर्न सकिने योग आसन तथा अन्य विधी र प्रवचनका बारेमा जानकारी गराएका छौं’–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोककी प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनीले भनिन–‘कार्यक्षेत्रमा आउने तनाव तथा त्यसले पार्न सक्ने शारिरिक र मानसिक थकान तथा असर न्यूनिकरण गर्न कार्यक्रम महत्वपूर्ण भएको छ ।’ तीन दिनसम्म संचालन हुने कार्यक्रमम आयुर्वेदका विधीबाट तनाव कम गर्न सकिने अवस्था, खानपान, रहनसहन तथा आसनका बारेमा जानकारी गराईएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतका बक्ताहरुले तनाव ब्यवस्थापनमा ध्यान दिनु पर्ने विषय र योग तथा आयुर्वेदका माध्यमबाट तनाव गर्न सकिने विषयका बारेमा जानकारी गराएका थिए । त्यस्तै जीवन विज्ञान प्रतिष्ठानका गुरुदेव एल.पी.भानु शर्माले जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा राष्ट्रसेवक कर्मचारीहरुका लागि विशेष उत्पेरणा कक्षा संचालन गरेका थिए । उनको प्रवचनसँगै योग अभ्यास तथा कार्यक्षेत्रमा रहेर गर्न सकिने योगआसनका बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा आयुर्वेद र योगसँग सम्बन्धित विभिन्न कृयाकलापहरु गराईनेछ । दोश्रो चरणको कार्यक्रम माघ २१ गते आईतबार जिल्ला समन्वय समिति प्रमुख दिपकुमार गौतमले शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.वशंवदा कौण्डिन्न्यायनी लगायतले योग र आयुर्वेदका सन्र्दभमा जानकारी गराएका थिए ।









