सिन्धुपाल्चोक/सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रमा रहेको पाँचपोखरी थाङपाल गाँउपालिका र बनेपा नगरपालिका बिच सम्बन्ध विस्तार भएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाको निमन्त्रणमा बनेपा नगरपालिकाका नगर प्रमुख शान्ति रन्त शाक्यको नेतृवमा उप–प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु पाँचपोखरी थाङपाल गाँउपालिकामा भ्रमण टोलि गएको हो ।
गाउँ पालिका अध्यक्ष लामाले टोलीलाई स्वागत गर्दे पालिकामा भएका विकास निर्माण, निर्माण गरेका कानून र पालिकाको भौगोलिक अबस्थाका बारेमा जानकारी गराएका थिए । पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष लामाले पाँचपोखरी थाङपाल गाँउापलिका र बनेपा नगरपालिका बिचमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड ट को कानूनी व्यवस्था बमोजिम अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरी आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई स्थानीय तहको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण एवं सबलीकरण गर्ने उदेश्य रहेको बताए ।
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व रहेको बनेपा नगरपालिका र पाँचपोखरी थाङ्पाल गाँउपालिका सिन्धुपाल्चोक जिल्लाको उत्तर हिमाली क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलका साथै ऐतिहासिक पहिचान र देविदेवताको वास्थान रहेको गाँउपालिका बीच विविध क्षेत्रहरुमा सहकार्य, साझेदारी तथा समन्वय गर्न दुई स्थानीय तह बीच भगिनी सम्बन्ध स्थापना गरी हितैषी तथा मैत्रीपूर्ण सम्बन्ध मार्फत संस्थागत प्रणालीलाई सबल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने, असल अभ्यास र अनुभवको आदान प्रदान गरी स्थानीय स्वायत्त शासन, स्वशासन र समृद्ध पालिका र नगर निर्माणको अभियानमा आपसी समन्वय, साझा प्रयत्न र सहकार्य गर्ने उद्देश्यले सम्बन्ध विस्तार गरिएको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले बताउनु भयो । गाउँपालिकाको भौगोलिक क्षेत्र भित्रको वडा नम्बर ४ मा अवस्थित पेमाछल उद्यान केन्द्रमा ५१ फिट उचाईको गुरु रिम्पोछेको मुर्तिको निमार्ण कार्य शुरु गरिएको, कृषि र होमस्टेलाई प्रोत्साहन गरेको, ४ वटा विद्यालयलाई एकै ठाँउमा गाभि थाङपाल भ्याली माध्यमिक स्कुल बनाई अहिले बागमती प्रदेशकै दोस्रो बन्न सफल, जहाँ ९ सय भन्दा बढी विद्यार्थीहरु अध्यापन गर्ने गरेको स्कुलको भ्रमण, विभिन्न विकासका योजनाहरु अवलोकन गराईएको थियो । कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले छिट्टै बनेपा नगरपालिकाको अवलोकनका लागी पालिका अध्यक्ष लगायतको टिमलाई निमन्त्रणा गरेका थिए ।
बनेपा नगरपालिका भित्र भएका विकासका काम तथा ऐतिहासिक धार्मिक स्थानहरुको अवलोकन गराई भगिनि सम्बन्ध गर्ने र दुई पालिकामा गर्न सकिने विकासका कामलाई समन्वय गर्ने बताए । उपप्रमुख विमला सापकोटाले विकास निर्माण लगाएत धेरै कुराहरुमा काम गर्न सहज हुने भएकाले सम्बन्ध विस्तार गरिएको बताईन् । र्काक्रममा पाँचपोखरी थाङपाल पाँचपोखरी गाँउपालिका उपाध्यक्ष सुनिता अधिकारीले स्वागत मन्तब्य राखेकी थिईन् भने बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भोला चापागाई, गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल लगायतले सम्बन्धका बारेमा धारण राखेका थिए ।









