पटक पटक म्याद थप भई संचालन भएका आयोजनाहरुको अब म्याद नथप्ने बरु कालोसूचीमा राख्ने मन्त्री दुलालको चेतावनी ।
मोतीराम तिमल्सिना
डाँडापारी, काभ्रे
काभ्रेपलाञ्चोक जिल्लामा अरनिको र विपी राजमार्ग सँगै सहायक मार्गका रुपमा रहेको लाँकुरी भञ्ज्याङ–पनौती–नमोबुद्ध–रोशी कटुञ्जे मार्ग पछि रोशी–महाभारत–खानीखोला जोडने जनमुक्ति मार्ग ७५ किमी र बनेपा–पनौती–बेथान्चोकको ढुंखर्क–च्याम्राङबेशी–ललितपुरको सुकुमफेदी हुँदै मकवानपुरको झुरझुरे सडक ३८ किमी सहायक मार्गका रुपमा प्रस्तावित भई निर्माण कार्यको थालनी गरिएको छ । जनमुक्ति मार्गले विपी राजमार्ग देखि मदनभण्डारी राजमार्गलाई जोड्ने काम गर्छ भने बनेपाबाट शुरु भएको झुरझुरे सम्मको सडकले अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्छ । यी दुबै मार्ग नागरिकहरुलाई पहुँच पु¥याउन सहज हुनेछ । जनमुक्ति मार्गको पहिलो खण्ड तिनखुट्टे देवीटार सडक खण्ड, देविटार घर्तिछाप गोकुले ताल्ढुगा भोर्लेनी झुरझुरे खण्ड (मदन भण्डारी राजमार्ग जोडिन्छ), विपी राजमार्ग देखि पिन्थली रजबास खण्ड र रजबास देविटारसम्मको खण्ड रहेको छ । दुईवटा खण्डको कार्य प्रारम्भ भएसँगै थप दुई खण्डको बोलपत्र गर्ने मन्त्री युवराज दुलालले प्रतिबद्धता ब्यक्त गरेका छन् । अरनिको राजमार्गको निर्माणसँगै काभ्रेपलाञ्चोक जिल्लाको सुगमता, पहुँच तथा उपलब्ध स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार लगायतका सुचकांकहरुमा फड्को मारेको थियो । छिमेकी देश चीन र विभिन्न जिल्ला पुग्ने पहुँचमार्ग अरनिको पछि विपी राजमार्गले जिल्लाको सुगमतासँगै छिमेकी देश भारतसँग झनै सहजता बनायो । विकासको पहिलो सुचक सडकबाट पछि परेका जिल्लाका महाभारत, खानीखोला लगायतका पालिकाहरु त्यसबाट प्रभावित छन् । सडक पहुँच नभएका नागरिकहरु सडक निर्माण कार्यको प्रारम्भसँगै खुशी हुन थालेका छन् । उत्पादनलाई सहज बजार पु¥याउन सकिएको छ भने नागरिकहरु विरामी हुँदा अस्पताल पु¥याउन सहज हुने भएको छ । स्थानीय सरकारको सक्रियता, प्रदेश र संघ सरकारको समन्वयमा विकट पालिकाहरु सुगमतामा परिणत हुन थालेका छन् । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बजेट विनियोजनका हिसावले महाभारतको विकास पर्याप्त गर्न सकिने बताए । भौगोलिकता, निर्माण ब्यवसायीको ढिला सुस्ति तथा विविध कारणले विनियोजन गरिएको बजेट खर्च हुन नसकेको उनले बताए ।
डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका र खानीखोला गाउँपालिकामा एकैदिन तीन आयोजना शिलान्यास भए । वागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले एकै दिन ३ आयोजना शिलान्याश गरेका छन् भने आधा दर्शन आयोजनको निरीक्षण गरेका छन । खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल, जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) र देवीटारमा रहेको वनखुखोला सडक पुलको शिलान्यास गरिएको हो । यस्तै दुई पालिकामा सञ्चालित आधा दर्जन आयोजनाको निरीक्षण गरिएको छ । कार्यक्रममा मन्त्री दुलालसँगै, वागमती प्रदेश सांसद् रत्न ढकाल, महभारत गाउँ पालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङ, उपाध्यक्षहरु सागर मोक्तान र दोर्जेमान जिम्बा, वडा अध्यक्षहरु, पूर्वाधार कार्यालय धुलिखेलका प्रमुख राजु श्रेष्ठ लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
तीन आयोजना शिलान्यास तथा आधा दर्शन आयोजना निरिक्षाण गर्दै मन्त्री दुलाले जिल्लाकै विकट क्षेत्रको पहिचान बनाएको खानीखोला र महाभारत गाउँपालिका सुगम बन्दै गएको बताएका छन । विगतमा पछाडी परेका र पारिएका क्षेत्रमा विकासले फड्को मारेको उनको दाबी छ ।
खानीखोला गाउँपालिका वडा नम्बर ६ र ५ जोड्ने सडक पुल निर्माणसँगै वर्षाको समयमा नाकाबन्दीमा पर्ने खानीखोला गाउँपालिकामा आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । भ्याट सहित ५ करोड ८२ लाख ९७ हजार ५ सय ६५ रुपैयाँमा निर्माण सम्झौता भएको हो । जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.काठमाण्डौले निर्माणको जिम्मा पाएको छ । सम्झौता अन्ुसार २ वर्ष अर्थात २०८२ असोज २४ गते सम्पन्न गर्नु पर्नेछ । यस्तै जनमुक्ति मार्गको देविटार–घर्तीछाप–गोकुले–छोटेसाहान–भोर्लेनी सडक खण्ड (चेनेज ०+००० किमि देखि ९+३८० किमि देविटार देखि गोकुले लबडाँडा सम्म कालोपत्रे सहित) को पनि शिलान्यास गरिएको छ । मन्त्री दुलालले उक्त सडक खण्डको शिलान्यास गरेका हुन् । सन्तोषी÷धर्म एस.जे.भी ले उक्त सडक निर्माणको जिम्मा पाएको छ । भ्याट सहित ३९ करोड ७४ लाख ५५ हजार १८ रुपैयाँमा निर्माण सम्झौता भएको हो । २०८० असोज ४ गते १८ महिना अर्थात २०८१ साल चैत ३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
यस्तै महाभारत गाउँपालिका वडा नम्बर १ र ३ जोड्ने गरी बनखु खोलामा पुल निर्माण हुने भएको छ । मन्त्री दुलालले उक्त पुलको शिलान्यास गरेका हुन् । जय बागेश्वरी ए.एल.इज.वेल अल्फ हेक्स जे.भी.ले भ्याट सहित ७ करोड ७ लाख ९९ हजार ९ सय ४६ रुपैयाँमा पुल निर्माणको ठेक्का हात पारेको छ । २०८० असोज २५ गते पुल निर्माण सम्झौता भएको थियो । २०८२ असोज २६ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल र सडक निर्माणले जिल्लाको विकट महाभारत क्षेत्रको समृद्धिमा ठुलो योगदान गर्ने महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सोहि कम्पनीले काभ्रेपलाञ्चोक र ललितपुर जोड्ने दुर्लुङ्गखोला पुल समेत निर्माण गर्नेछ ।
काभ्रेपलाञ्चोक र मकवानपुर जोड्ने सिक्रेदोभानको पुलको निरिक्षण गरिएको छ । मन्त्री दुलाल सहित पुर्व मन्त्री एवं प्रदेश सांसद रत्न ढकाल, खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ, उपाध्यक्ष दोर्जेमान जिम्बा लगायतले पुलको निरिक्षण गरेका हुन् । मन्त्री दुलालले पुल निर्माण अत्यन्त्रै सुस्त गतिमा भएको भन्दै थपिएको समयमा छिटो पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन । यस्तै उनले आवश्यक सहजिकरणका लागि मन्त्रालय तयार रहेको बताए । गाउँपालिका अध्यक्ष थिङले भने खानीखोला, महाभारत क्षेत्रलाई प्रदेश राजधानी हेटौंडासँग जोड्ने उक्त पुल निर्माण नहुँदा सास्ती खेप्नु परेको गुनासो गरेका थिए । यता, महाभारतमा भएको सडक कालोपत्रे, निर्माणधीन आयोजनाको समेत मन्त्री दुलालले अवलोकन गरेका छन । उनले सुरु भएको लामो समयसम्म पनि प्रगती नदेखिएका आयोजनाको ठेक्का तोड्ने प्रदेश सरकारको योजना रहेको भन्दै अन्तिम अवसरको सदुपयोग गर्दै समयमै काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन ।
विकास निर्माणले गति लिएको महाभारत र खानीखोला गाउँपालिकामा निर्माण ब्यवसायीहरुको असहयोग र ढिलासुस्तिका कारण विनियोजित बजेट कार्यान्वयन हुन नसकेको मात्रै होईन नागरिकहरुले पनि सास्ति ब्यहोरेका छन् । महाभारत गाउँपालिकाको कालोपत्रे सडक निर्माणका लागि उक्त खण्ड दोश्रो हो । पहिलो खण्ड तीनखुट्टे देविटार सडकको कार्य भईरहेको छ । निर्माण ब्यवसायीको चरम लापर्वाही र ढिलासुस्तिका कारण म्याद सकिएको बर्षाै भईसक्दा समेत निर्माण कार्य सम्पन्न भएको छैन । तीनखुट्टेमा निर्माण हुँदै गरेको पुल पनि अलपत्र छ । बागमती खोलामा निर्माण शुरु भएको मकवानपुरसँग जोडिने पुल निर्माण शुरु भएको ७ वर्षसम्म पनि अलपत्र अवस्थामा छ । निर्माण कार्यलाई गति दिन, म्याद सकिएर थपिएका आयोजनाहरु समयमै सम्पन्न गर्न निर्देशन दिदै मन्त्री दुलालले चालु वर्षको समाप्तीसँगै त्यस्ता आयोजनाहरुको म्याद नथप्ने बरु कानून अनुसार कारवाही गर्ने बताए । तीनखुट्टे देवीटार सडक खण्डमा पटक–पटक म्याद थपिए पनि ३० प्रतिशत पनि निर्माण कार्य सकिएको छैन । खानीखोलामा पुल, अस्पताल, प्रशासनिक भवन लगायतका कार्यमा तिव्रता दिन गाउँपालिका अध्यक्ष थिङ्गले अनुरोध गरे ।
बेथान्चोक–झुरझुरे सहायक मार्ग
बेथान्चोक गाउँपालिकाको ढुंखर्क–च्याम्ब्राङ्गबेशी–सुकुमफेदी–सालघारी–हुचिटार–अँघेरी–झुरझुरेसम्मको सडकलाई सहायक राजमार्गका रुपमा प्रस्तावित गरिएको शहरी विकास मन्त्री सिता गुरुङ्गले बताईन् । बेथान्चोकको पाट्नेखोला साँघुको मुख ढुंखर्क पुल निर्माणको शिल्यान्यास गर्दै मन्त्री गुरुङ्गले प्रदेशको राजधानी जोड्ने उक्त सडकलाई बैकल्पिक राजमार्गका रुपमा मन्त्रालयले प्रस्ताव गरिएको बताईन् ।
‘अरनिको राजमार्ग देखि मदन भण्डारी राजमार्ग जोड्ने सडक बनेपा–पनौती–बेथान्चोक हुँदै मकवानपुरको झुरझुरे जोड्ने सडक प्रस्तावित बैकल्पिक राजमार्गका रुपमा राख्ने निर्णय भएको छ’–मन्त्री गुरुङ्गले भनिन–‘स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघ सरकारका प्रतिनिधिहरुले उक्त मार्ग प्रदेश राजधानी जान सहज हुने भएकाले तत्काल निर्णय गरी कार्य अघि बढाउन निर्देशन दिए अनुसार मन्त्रालय र विभागले निर्णय गरेको छ ।’ बेथान्चोकबाट उक्त स्थानसम्म सडकको एकहोरो ट्रयाक खोलिसकिएको बेथान्चोक गाउँपालिकाका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताए । उक्त खण्डको लम्बाई ३८ किमी छ । बामगती खोलामा पुल बनाउँदा सडक प्रदेश राजधानी पुग्न सहज हुने उनले बताए । उक्त सडक निर्माणका लागि २ करोड ७५ लाख रकम विनियोजन भएको छ ।
प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे, गाउँपालिका अध्यक्ष भगवान अधिकारी, निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष तारा राना तिमल्सिना, वडा अध्यक्ष पुरुषोतम तिमल्सिनाले उक्त सडक र पुलको निर्माणले प्रदेश राजधानीसँग जोडिने मार्ग सहज हुने बताए । सोहि अवसरमा बस्ति विकास कार्यक्रम अन्र्तगत वडा नम्वर २ र ३ को प्रस्तावित कार्यक्रमको शुभारम्भ गरिएको थियो । अध्यक्ष भगवान अधिकारीले बेथान्चोकलाई शिक्षा, सडक, पुल, सिंचाई, पर्यटन, कृषि तथा पशुपालनबाट समृद्ध बनाउने अभियानमा सक्रिय रहेको बताए ।





