2026 August 28/ 05:23: 39am

विकास तिमल्सिना
मण्डनदेउपुर

    नेकपा एमालेकोे ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ को ११ औं दिन जिल्लाको मण्डनदेउपुर नगरपालिका कुन्ताबेशीमा एमाले काभ्रेले शक्ति प्रदर्शन गरेको छ । विशाल सभामा अभियानको टोलीलाई स्वागत गर्न तथा अध्यक्ष केपी ओलीको संकल्प सुन्न हजारौ सर्वसाधारण घण्टौं पर्खिरहेका थिए । एमालेले दुई वर्ष अघि धुलिखेलमा गरेको जिल्ला अधिबेशन पछिको यो दोश्रो शक्ति प्रदर्शन हो । जिल्लामा हुने राजनीतिक कार्यक्रममा एउटा दलमा यति धेरै सहभागिता नगन्य हो । 
    २०७९ सालमा सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ प्राप्त मतका आधारमा एमाले काभ्रेपलाञ्चोकमा पहिलो शक्ति हो । तर सिट संख्या भने थोरैमा खुम्चिएको एमालेले मण्डनदेउपुरमा बनेपा, पनौती, धुलिखेल, पाँचखाल र भुम्लु गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागितामा भब्य सभा सम्पन्न गरेको छ । सभामा सहभागी हुन एमालेले घर घर निम्ता वितरण गरेको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सम्बोधन गरेका थिए । स्थानीय कमिटीका तर्फबाट मण्डनदेउपुर नगर कमिटीका अध्यक्ष शेरबहादुर डोटेलले केपी ओली नेतृत्वको सरकारले शुरु गरेका नगरकोट हिगुवापाटी सडक, कुन्ताबेशी दोलालघाट सडक तथा अन्य विभिन्न सामरीक महत्व राख्ने आयोजनाहरु अलपत्र परेको जानकारी गराएका थिए । सिन्धुपाल्चोक जिल्ला अध्यक्ष कमल नेपालको अध्यक्षता रहेको कार्यक्रममा काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले स्वागत गरेका थिए । 
    अध्यक्ष ओलीले सभालाई सम्बोधन गर्दै मुलुक निर्माणको क्रममा एमालेले मध्यपहाडी लोकमार्गको अवस्थासँगै नागरिकहरुका समस्या र गुनासा सुन्ने क्रममा काभ्रेपलाञ्चोक जिल्लामा आईपुगेको बताए । लामो यात्रा र हिडाईले मुलुक निर्माणका क्रममा नागरिकहरुले ब्यहोरिरहेको अवस्था र मुलुकको घटनाक्रमका बारेमा बताउने अवस्था आएको ओलीले बताए । मुलुकमा आएका समस्या समाधानका लागि एमाले राष्ट्रिय राजनीतिको मियो बनेर उभिने बताउँदै अध्यक्ष ओलीले सत्ता गठवन्धनका कारण मुलुकमा आरजकता मौलाउन थालेको बताए । पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले नेपाली जनताको एक मात्र भरोसाको केन्द्र नेकपा एमाले र उसले गर्ने विकास रहेको बताए । सत्तामा रहँदा शुरु गरेका कयन सामरीक महत्व राख्ने योजनाहरुमा बजेट विनियोजन गर्नु त कता हो भएका बजेट पनि कटौती गरेर विकास निर्माणलाई पछि धकेल्ने प्रयास भएको बास्कोटाले बताए । 
    कुन्ताबेशी खेल मैदानमा आयोजना गरिएको सभामा घण्टौ कुरेर सर्वसाधारणहरुले अध्यक्ष ओलीको सम्बोधन सुनेका थिए । अभियानको टोली नुवाकोट जिल्लाको विदुर हुँदै सिन्धुपाल्चोकको मेलम्चीबाट बाहुनेपाटीमा खाना खाएर सभा स्थल मण्डनदेउपुर प्रवेश गरेको थियो । सभामा सम्बोधन पछि धुलिखेलमा आयोजना गरिएको एमाले निकट मानवअधिकार एलायन्सको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गरे ।साँझ धुलिखेलमा बास बसेर मसिंर २५ गते विहान अभियानको टोली पाँचखाल हुँदै दोलालघाटबाटमा आयोजित स्वागत कार्यक्रम सम्पनन गरेर खाँडीचौर हुँदै दोलखामा सभा पछि मन्थली पुगेको थियो । अभियान षौष १ गते समापन हुनेछ । 

‘मानवअधिकार मेरो आदर्श हो’
    ७५ औँ अन्तराष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा धुलिखेलमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)ले सबैका लागि न्याय, स्वतन्त्रता र समानता भन्ने नाराका साथ अन्र्तक्रिया गरेको छ । अन्र्तक्रिया कार्यक्रममा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मानव अधिकार कुनै ब्यवसाय र पेशा नभएको बताउँदै आफ्नो आर्दश भएको बताए । मानवअधिकारका लागि लड्ने भन्दा कुन संगठनमा हुनुुहन्छ ? भनेर सोध्छन’–अध्यक्ष ओलीले भने–‘सरकारलाई दबाब दिने हो । विभिन्न अंग र निकायलाई दबाब दिने हो । संगठनमा हुँदैमा मात्रै मानवअधिकारको कुरा गर्ने ? भन्ने हुँदैन ।’ सरकारमा पुग्ने वित्तिक्कै एमालेले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिएको बताउँदै अध्यक्ष ओलीले कोहि भोकले मर्दैन भन्ने अभियानका साथ कार्यक्रम संचालन गरेको बताए । हाम्रा सन्तानहरुलाई सडकमा जानु पर्ने अवस्थाको अन्त्य गर्न, सडकमा पुगेका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने गरी कार्य गरेको मानवअधिकार होईन ? अध्यक्ष ओलीले भने । 
    ‘एमालेले भन्ने मात्रै होईन, गर्छ पनि । सडकमा आउने मानवहरुको उद्धार गरेको छ । विद्यालयमा अनिवार्य सेनेटेरी प्याड उपलब्ध गराउने गरी निशुल्क ब्यवस्था ग¥यौ –अध्यक्ष ओलीले भने–‘मानव अधिकारका लागि काम गरिरहेका संघ संस्थाहरुसँगको समन्वयमा काम गर्दा अझै धेरै नागरिकहरुका लागि कार्य गर्न सकिन्छ ।’ राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) का अध्यक्ष मीनबहादुर शाहीले मानव अधिकारको अवस्था, चुनौती तथा भावी रणनीतिका बारेमा छलफल गरिएको बताए । मानवअधिकार एलाइन्स काभ्रेको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष शाहीले मनव अधिकार र सामाजिक न्यायका लागि ऐक्यवद्धता जनाउन सबैमा आग्रह गरे । 

‘नेपाल अन्तर्राष्ट्रिय भु–राजनीतिको खतरामा प¥यो’
    नेपाल अन्र्तराष्ट्रिय भु–राजनीतिको खतरामा परेको पत्रकार कनकमणी दिक्षितले बताएका छन् । धुलिखेलमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नागरिक समाजका प्रतिनिधि समेत रहेका दिक्षितले नेपाल अन्र्तराष्ट्रिय स्तरमा स्वाभिमान तथा विदेशीहरुको हस्तक्षेप विरुद्ध बोल्न नसक्ने अवस्थामा पुगेको बताए । ‘विदेशहरुका लागि नेपाल धेरै कम्फरटेबल भयो, सरकार र सत्तामा भएका दलका नेताहरुलाई आँखामा आँखा जुधाएर नेपाल र नेपालीका लागि बोल्ने साहस किन घ्टयो’– दिक्षितले भने–‘संविधानको खिलापमा सुनिन थालेका स्वरहरुको ब्यवस्थापन नगरी सरकार कहाँ चुकिरहेको छ ?’ 
    नागरिक समाज ब्यवसायीकरण र कर्मकाण्डी भएको बताउँदै दिक्षितले विश्वका विभिन्न मुलुकहरु मध्ये नेपाल मानवअधिकारका क्षेत्रमा खुल्ला भएको बताउँदै जनताको प्रतिरक्षा गर्ने क्षमता बढाउन सत्ता बाहिर रहेका दलहरुको खवरदारी आवश्यक रहेको बताए । ‘सरकारले नागरिकहरुका सामान्य भन्दा समान्य विषयमा ध्यान दिन सकेन’–दिक्षितले भने–‘त्यहि कारण विभिन्न शक्तिहरु सल्बलाईरहेका छन् । मुलुकमा फेरी भयावह द्वन्द्व निम्तिन नदिन एमालेले खवरदारी गर्न दिक्षितले सुझाव दिए । नागरिकका राजनीतिकसँगै आर्थिक र सामाजिक अधिकार कुण्ठित हुन लागेकाले सबैको खवरदारी आवश्यक रहेको उनले बताए । 

धुलिखेल र दोलालघाटमा भब्य स्वागत 
    नेकपा एमाले धुलिखेल नगर कमिटीले धुलिखेल र भुम्लु गाँउ कमिटीले दोलालघाटमा पार्टीका केन्द्रिय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भब्य स्वागत गरेको छ । अध्यक्ष ओली सहितको केन्द्रिय टोली १९ दिने अभियानका क्रममा आईतबार धुलिखेल आईपुगेको हो । सोहि क्रममा धुलिखेल नगर कमिटीले विशेष स्वागत गरेको हो । अध्यक्ष दयाराम महतले अध्यक्ष ओलीको स्वागतका लागि १२ वटै वडाका पार्टीका कार्यकर्ता तथा नेताहरु तथा सर्वसाधारणहरुले विभिन्न बाजागाजा, धिमे, लाखे तथा अन्य सांस्कृतिक कार्यक्रम मार्फत स्वागत गरेको बताए । अभियानको टोलीलाई नेवारी खाजा सहित स्वागत गरिएको थियो । पार्टी कार्यालय परिसरमा दिप प्रज्वलन सहित अध्यक्ष ओलीलाई भब्य स्वागत गरिएको थियो । अध्यक्ष महत, उपाध्यक्ष निरज खड्का, सचिव विष्णु धिताल, उपसचिवद्धय कृष्णहरी कोईराला र चिनिमाया तामाङ, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरुले स्वागत गरेका थिए । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जु सहितका नेताहरुले पनि धुलिखेलमा अध्यक्ष ओली सहितको टोलीलाई भब्य स्वागत गरेको थियो । 
    भुम्लु गाउँ कमिटीले दोलालघाटमा अभियानमा रहेको टोलीलाई भब्य स्वागत गरेको छ । इन्चार्ज प्रेम लामाले अध्यक्ष ओली सहितको टोलीलाई विभिन्न झाँकी सहित स्वागत गरेको बताए ।